सँगै विष खाएकी श्रीमतीको मृत्यु, श्रीमान् अस्पताल भर्ना

बझाङ घर्तिबाडाका एक जोडिले विष खाएका छन्।

विष खाएकी श्रीमतीको ज्यान गयो भने श्रीमान् बिरामी भएका छन्। गडराय गाविस-८ घर्तिबाडा बस्ने २३ वर्षकी तारादेवी सिंहले विष खाँदा ज्यान गएको हो। उनका श्रीमान २४ वर्षका प्रभु सिंह बिरामी परेको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दिए।

तारादेवीले विष खाएको थाहा पाएपछि प्रभुले पनि विष खाएको प्रहरीले अनुसन्धानबाट पत्ता लागेको बताएको छ। शव पोष्टमाटमका लागी जिल्ला अस्पताल सिमखेतमा ल्याइएको छ।

प्रभु भने सामान्य उपचारपछि निको भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरिक्षक अधिकारीका अनुसार घरायसी समस्याका कारण विष सेवन गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप अनुसन्धान भैरहेको छ।

0 comments

Write Down Your Responses