बाबुरामको नयाँ शक्तिका शीर्ष नेताहरुबिच घम्साघम्सी, प्रत्यक्षदर्शी भन्छन् ‘हात हालाहाल मात्रै हुन बाँकी थियो’

पूर्वप्रधानमन्त्री बाबुराम भट्राईको पार्टी नयाँ शक्ति नेपाल भित्रका लफडा एक पछि अर्को गर्दै बाहिरीन थालेका छन् । अन्य पार्टीहरुमा जस्तै भागबण्डा विबाद नयाँ शक्तिमा पनि देखिन थालेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको पार्टीको सचिवालयको बैठकपछि दुई नं प्रदेशका विषयमा विवाद हुन पुग्यो । विबाद दुई नं प्रदेश इन्चार्ज रामचन्द्र झा र पार्टी केन्द्रीय सचिवालय सदस्य ओइत अन्सारीबीच भएको हो । उनीहरुबिच झण्डै हात हालाहालकै अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीको भनाई छ । बैठकपछि रामचन्द्र झा र ओइत अन्सारीबीच भनाभन सामान्य विषयमा भनाभन सुरु भयो । भनाभन भईरहँदा रामचन्द्र झा जुरुक्क उठे, उनी उठेपछि ओइत अन्सारीले ‘के गर्नुहुन्छ रु पिट्नुहुन्छ रु ल पिट्नु’ भनेपछि झा आफ्नै कुर्सिमा बसे ।

कुर्सीमा बसेका झालाई ओइत अन्सारीले भने ‘किन बस्नुभएको रु हिम्मत छ भने हात हाल्नुस । तँपाइले चिन्नु भएको छैन, म ओइत अन्सारी हुँ’  भनेपछि रामचन्द्र झा केही शान्त देखिए । उनीहरुको झगडा लामो समयसम्म चलेपछि नेतृ हिसिला यमीले आएर झगडा मिलाउने प्रयत्न गरेकी थिइन् ।

0 comments

Write Down Your Responses