१२ जना नेपाली मारिएको साता नविन्दै अफगानिस्तानबाट आयो अर्को दुखद् खबर
शनिबार ३ सय ८५ जना नेपाली सुरक्षाकर्मीले रातिबाट ड्युटी छाड्ने घोषणा गरेपछि विवाद बढेको हो । गत सोमबार काबुल आक्रमणमा परि १३ नेपालीको मृत्यु भएपछि सुरक्षाको प्रत्याभूति तथा तलब वृद्धिको माग गर्दै उनीहरुले आन्दोलन थालेका थिए। उता ब्यबस्थापनले भने नेपाली कामदारको सुरक्षाको प्रत्याभूति गर्न र तलब बढाउन नसक्ने अडान लिएको छ। यसैबीच आन्दोलन र झडपपछि एजेन्ट कम्पनी जिफोरएस सिक्युर सोलुसनले ४० नेपाली कामदारलाई स्वदेश फर्काइदिने भएको छ।
उनीहरु आज बेलुकीसम्म काठमाडौं आइपुग्ने बताइएको छ । घर फर्काउन लागिएकाहरु सुरक्षाकर्मीमाथि हातपात गर्नेहरु रहेको बताइएको छ । जिफोरएसले काबुलमा जिफोरएस सेक्युर सेलुसन अफगानिस्तानमार्फत बेलायतको दूतावास, कुटनीतिक कर्मचारी, बेलायती नागरिक, कमनवेल्थ कार्यालय (एफसिओ)को सुरक्षा गर्न नेपालीलाई काममा लगाउँदै आएको छ।
गत साता १२ नेपालीको तालिबानी आक्रमणमा रहस्यमयरुपमा मृत्यु भएपछि द्वन्द्धग्रस्त देशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सरकारले शुरु गरेको छ । यसै क्रममा अफगानिस्तानमा रहेका केही नेपाली स्वदेश फर्किने भएका हुन् ।
श्रोत ओ एस नेपाल


0 comments
Write Down Your Responses