हेर्नुहोस आजको राशिफल >>>>>>वि.सं. २०७३ साल जेठ २६ गते। बुधबार।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, असाझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ काम प्रारम्भ गर्न सकिनेछ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा फाइदा हुने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
आलस्य गर्दा अवसरबाट वञ्चित भइनेछ। कामको प्रक्रिया नमिल्नाले दोहोर्याउनुपर्ला। आलोचकहरूको टिप्पणीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ। पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्। आफ्नै कमजोरीले अवसरबाट वञ्चित गराउन सक्छ। विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो क्षणमा पनि मन खिन्न रहने देखिन्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बन्न लागेको काम बिग्रन सक्छ। फाइदाका पछि लाग्दा शुभचिन्तकहरूसँग असमझदारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आँटले काम लिँदा मनग्य लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नजानेको सीप तथा ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुन सक्छ। कृषिमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। स्वास्थ्य समेत प्रतिकूल रहने सम्भावना छ। तापनि मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिद्वन्द्वीहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले केही अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
स्रोत नेपाली पात्रो

0 comments

Write Down Your Responses