हेर्नुहोस तपाइको यस साताको राशिफल जेठ २३—२९, २०७३

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ 
प्रारम्भमा केही चुनौती देखिए पनि लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आइतबार, बुधबार र बिहीबार विपक्षीहरूबाट सजग रहनुपर्ला। वादविवादबाट जोगिँदै ईर्ष्या गर्नेहरूबाट सतर्क रहनुहोला। हिम्मतले प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ। जुझारु कार्यशैलीले शक्तिशाली व्यक्तिहरू समेत पछि पर्नेछन्। खानपान तथा पहिरनको आनन्द प्राप्त हुनेछ। मनग्य धन आर्जन गर्ने मौका छ। अध्ययनमा प्रगति हुनेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
सुरुमा विभिन्न अवसर प्राप्त हुनेछन्। इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ। सोमबार, मंगलबार र शनिबार भने केही समस्या देखा पर्न सक्छन्। अरूको भरपर्दा काममा पछि परिएला। आफ्नैले घात गर्नाले अप्ठ्यारोमा परिने सम्भावना छ। परिस्थिति बिग्रन नदिन बोली तथा व्यवहारमा संयम रहनुहोला। लगनशीलता एवं पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह 
प्रारम्भमा केही खर्च गर्नुपरे पनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम सुरु हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने समय आएको छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ। सन्दर पहिरनमा ठाँटिएर धेरैलाई आकर्षित गर्न सकिनेछ। बुधबार र बिहीबार झुटा आरोप लाग्न सक्छन्। नाता गाँस्नेहरूले पनि दुःख दिन सक्छन्। सप्ताहान्तमा प्रतिस्पर्धी बढ्ने सम्भावना छ। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो 
प्रारम्भमा मनग्य धन आर्जन भए पनि सोमबारदेखि खर्च बढ्नाले आर्थिक अभाव देखापर्न सक्छ। सरसापटमा गएको धन फिर्ता उठाउन मुस्किल पर्नेछ। श्रमको प्रतिफल अलि कममात्र हातलागी हुनेछ। बलजफ्ती गर्दा थप समस्या आउन सक्छ। अवसरले पछ्याए पनि व्यवहारले पछि पार्न सक्छ। स्वास्थ्यका लागि विश्राम तथा खानपानमा ध्यान दिनुहोला। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नाले उत्साह थपिनेछ। भेटघाटले प्रसन्नता दिलाउनेछ। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। विशेष योजना गोप्य राख्नुहोला। सोमबारदेखि दिगो आम्दानी हुने काम प्रारम्भ गर्ने मौका छ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध विस्तार हुनेछ। बुधबार र बिहीबार केही अनियन्त्रित खर्च हुनेछ। तापनि सप्ताहान्तमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ। तर्कशक्ति बढ्नेछ भने काममा पनि उत्साहजनक सफलता मिल्नेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू पुनः प्रारम्भ हुनेछन्। व्यवधानका बाबजुद धेरैको भलाइ हुने काम प्रारम्भ गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तित्वसँग निकटता बढ्नेछ। आयस्रोत बढ्नुका साथै धन संग्रह हुनेछ। सप्ताहान्तमा केही नोक्सानी देखिए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा यात्राको अवसर पनि जुट्न सक्छ। 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते 
प्रारम्भमा अरूको स्वार्थमा उपयोग भइनेछ भने सप्ताहान्तमा आम्दानी बिगार्नेहरू सक्रिय हुनेछन्। व्यवहारमा केही चुनौती देखिनेछन्। अप्ठ्यारो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन्। बुधबार र बिहीबार परिस्थिति अनुकूल रहनेछ। मेहनत गर्दा राम्रो सफलता हात पार्न सकिनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुन सक्छ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। मनग्य दाम र इनाम प्राप्त हुनेछ। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु 
प्रारम्भमा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग तथा हौसला मिल्नेछ। सोमबार र मंगलबार परिस्थिति अलि संघर्षमय रहला। स्वास्थ्यमा कमजोरी एवं योजना अवरुद्ध बन्नाले मन खिन्न रहनेछ। अर्थ अभावले पनि आँटेको काम स्थगित हुन सक्छ। बुधबारदेखि स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्। आस मारेको कामले उत्साह जगाउनेछ। साथीभाइले सुखदुःखमा राम्रो साथ दिनेछन्। अर्थ उपार्जन पनि राम्रै हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 
काममा बाधा पुर्याउनेहरू सक्रिय रहनेछन्। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला। प्रतिस्पर्धामा उत्रनुपर्ला। सोमबारदेखि रोकिएका काम बन्नाले जोश–जाँगर बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ भने पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। बुधबारपछि काममा व्यवधानका साथै परिबन्धले झमेला थपिदिन सक्छ। तापनि आत्मविश्वासका साथ काम सम्पादन गर्न सकिनेछ। सप्ताहान्तमा मन प्रसन्न रहनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। विभिन्न व्यवधान देखापर्नाले पनि लक्ष्य प्राप्तिमा समस्या उत्पन्न हुन सक्छ। सोमबारदेखि आँटले काम लिन सकिनेछ। प्रतिभा प्रदर्शन गरेरै धेरैलाई उछिन्न सकिनेछ। अनुभवले ज्ञान बढ्नेछ। मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। मनपर्ने साथी भेटिए पनि मनको गाँठो खोल्न साइत पर्खनुहोला। अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला। सप्ताहान्ततिर स्वास्थ्यमा कमजोरी वा धन फस्ने डरले सताउन सक्छ। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द 
प्रारम्भमा घरेलु समस्या देखा पर्नुका साथै आफन्तसँग असमझदारी बढ्न सक्छ। पेटको खराबीले स्वास्थ्य कमजोर बन्न सक्छ। अध्ययनमा समय दिन नसकिएला। बुधबारदेखि स्थितिमा सुधार आउनुका साथै लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ भने आयआर्जनमा समेत प्रगति हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर पनि जुट्न सक्छ। प्रतिद्वन्द्वीहरूले हार खानेछन् । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने योग छ। 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि 
सहयोगीहरूको भर पर्दा धोका हुन सक्छ। पारिवारिक असमझदारीले मन खिन्न होला। साइनो गाँस्नेहरूले दुःख दिनेछन्। परिस्थितिको बन्धनमा परिने समय छ। हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ। बुधबारदेखि स्थितिमा सुधार आउनाले कामका बाधाहरू स्वतः हट्नेछन्। रचनात्मक काम गरेर प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ भने टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। आर्थिक पक्ष सबल बन्नुका साथै विविध भौतिक साधन जुटाउन सकिनेछ।
स्रोत नेपाली पात्रो 

0 comments

Write Down Your Responses