हेर्नुहोस आजको रसिफल >>>> वि.सं. २०७३ साल जेठ ३० गते। आइतबार।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। शुभचिन्तकहरूले साथ दिनेछन्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अरूको भर पर्दा धोका हुन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिक्नाले केही अप्ठ्यारोमा परिइला। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सानो प्रयत्नले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ। काममा स्थानान्तरण अथवा टाढाको यात्रा हुने सम्भावना छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुने छ। गरेका कामबाट राम्रै लाभ हुनेछ। तर, धेरै श्रमपछि कम मूल्य पाइने योग छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ला। लगानीको तुलनामा कम प्रतिफल पाइएला। तापनि, आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनत गर्दा कीर्तिमानी काम बन्न सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुन सक्छ। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ। परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
स्रोत ;नेपाली पात्रो


0 comments
Write Down Your Responses