नायक निखिल उप्रेती भन्छन्, ‘म जहाँ जान्छु त्यहीँ प्रेम हुन्छ’ (भिडियो सहित)

२०५७ सालमा नेपाली कथानक चलचित्र पिँजडामा अभिनय गरेसँगै नेपाली सिने नगरिमा आएका नायक निखिल उप्रेतीलाई त्यो चलचित्र पछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनी एक्सन हिरोका रुपमा यति ब्यस्त भएकी उनी आफैले कहिल्यै सोचेका थिएनन् । तर, उनी नेपाली फिल्म खेल्नुभन्दा आठ वर्षअघिदेखि बलिउडमै काम गरिरहेको थिए । यहाँभन्दा उनको चिनाजान त्यहाँ बढी थियो र आज पनि छ । त्यहाँका १५,१६ फिल्ममा असिस्टेन्ट भई काम गरेका उनले फिल्म नै पढेको थिए । उनको क्लासमा रानी मुखर्जी, निर्देशक रोहित सेट्टी, आकाश पाण्डे, रजत वेदी लगायत थिए । त्यहाँ बाँच्नको लागि संघर्ष गर्ने क्रममा त्यहाँका कलाकारलाई मार्सल आर्ट सिकाउन थालेका थिए ।

चाहिँ ज्याकी चाङले फिल्ममा देखाउने कौशल हेरेर सिकेको उनको कलालाई हरेर फाइट डाइरेक्टरहरूले असिस्टेन्टको रूपमा उनलाई अफर गर्न थाले । त्यो बेला भारतमा मार्सल आर्टको प्रयोग कमै हुन्थ्यो । त्यो बेला उनले फिल्म ‘हम तो मोहब्बत करेगा’ मा नायिका करिश्मा कपुरको डुब्लिकेट बनेर स्टन्ट गरेका थिए । त्यो बेला उनी २० वर्षको थिए् । पछि नेपालमा ‘पिँजडा’मा काम गरेपछि एकाएक उनी व्यस्त भए ।

तर, चलचित्र पिँजडामा नायक भएर काम गर्दासम्म उनलाई हिरो बन्ने रहर थिएन । उप्रतीलाई आफुले जानेर भन्दा दर्शकले हिरो बनाईदिए जस्तो लाग्छ ।उनी दर्शको मायालेनै ‘पिँजडा’ गरेपछिका लगातार ११ वर्ष त म व्यस्त रहे । चाररपाँच वर्ष त उनले लगातार २० घन्टा काम गरे । उनी त्यो समय आफ्नो कुकुरनिद्रा भएकैले धानिएको ठान्छन् । नायक उप्रतीको सोच एक सय फिल्म गरेपछि ब्रेक लगाउने सोच र योजना थियो । तर, उनलाई समयले १०० फिल्म पुगेकै समय उनी हिड्न सकेनन् । तर, नेपाली सिनेमा जगतले उनलाई अत्याधि चाहेकै बेला उनी मुम्बई हानिए । तातिरहेको बेला टक्क छोडेर जानुको कारण उनले आफूलाई अपडेट गराउनु रहेको बताएका छन् ।

तर, उनले नायिका सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गर्नु र मुम्बइ हानिनु एकै पटक परेकाले मान्छेहरुले गलत अर्थ लगाए । यो अर्थलाई नायक उप्रतीले समय त्यस्तो पर्न गएको मात्रै हो भनेका छन् । विवाहकै कारण म भागिरहनुपर्ने जरुरी नभएको उनको बुझाई छ । मुम्बई जादाँ नायक उप्रेती नायकका रुपमा गएका थिए । तर, सिने नगरिमा फर्किएसँगै निर्देशकका रुपमा फर्किएका छन् । उनले अभिनय तथा निर्देशन गरेको चलचित्र ‘भैरव’ भदौ ११ बाट अल नेपाल रिलिजको तयारीमा रहेको छ । उनले यो चलचित्रमा मुम्बईमा सिकेको ज्ञानलाई प्रयोग गरेको बताएका छन् ।

चलचित्र भैरव देशभक्तिको कथा माथी बनेको चलचित्र हो । यो चलचित्रमा देशप्रेममा पागल भएको एक प्रहरीको कथा समेटिएमको छ । चलचित्रले भ्रष्टाचारविरुद्धको आवाज बुलन्द पार्ने छ । निखिलको चलचित्रमा प्राय दर्शकले एक्सन खोज्छन् । यो चलचित्रमा भने उनले संगीत पक्षलाई पनि निक्कै ध्यान दिएका छन् ।
श्रोत ओ एस नेपाल

भिडियो हेर्न यस लिंकमा क्लिक गर्नुहोस 


0 comments

Write Down Your Responses