नेपाली सेना र प्रहरीको तलब ह्वात्तै बढ्यो

संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा तैनाथ नेपाली सुरक्षाकर्मीको पारिश्रमिक फेरि बढाएको छ । गत साता राष्ट्रसंघ सुरक्षा परिषद्ले शान्तिमिसनमा कार्यरत फौजको तीन वर्षे सन २०१७ सम्मको पारिश्रमिक तालिका सार्वजनिक गर्दै मासिक तलब–भत्ता वृद्धि गरेको हो । सन् २०१४ जुलाई १ देखि लागू गरिएको प्रतिमहिना १३३२ अमेरिकी डलरलाई २०१५ जुलाई १ देखि १३६५ र २०१६ जुलाई १ देखि १४१० डलर बनाइने तालिकामा उल्लेख गरिएको छ । यसबाहेक शान्ति सैनिकलाई दैनिक १।२८ डलर अतिरिक्त भत्ता उपलब्ध हुन्छ । बिदाको समयमा जिम्मेवारी निर्वाह गरेबापत प्रत्येक सुरक्षाकर्मीले प्रतिदिन १० दशमलव ५० डलर भत्ता पाउनेछन् ।

गत वर्ष सेवा–सुविधा हेरेफेर हुनुअघि १ शान्ति सैनिकले मासिक १०२८ डलर तलब पाउँथे । हृातहतियार, गोलीगठ्ठा, बख्तरबन्दलगायत सुरक्षा व्यवस्थापन र रासनलगायत ‘लजिस्टिक’ तर्फको खर्च प्रत्येक ३–३ वर्षमा समायोजन हुँदै आए पनि सन् १९९५ यता भने शान्ति सेना–प्रहरीको पारिश्रमिक बढेको थिएन् । पछिल्लो समय डलरको मूल्यसमेत बढेकाले सेना, प्रहरीको यो अतिरिक्त कमाई थप आकर्षक बनेको छ । कारोबार दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses