श्रीमान–श्रीमती यस दिन रहनुस् टाढा, नत्र भने संकट पर्ला !

विवाह पछि स्त्री र पुरुषको सम्बन्धलाई पूर्णरुपमा सही र शुभ मानिन्छ । तर विभिन्न धर्मशास्त्रका र पुराणमा केही दिन यस्ता पनि हुन्छन् जुन दिन श्रीमान–श्रीमतीले एकअर्कासँग शारीरिक सम्बन्ध राख्नु हुँदैन ।

आउनुहोस् थाहा पाउ श्रीमान–श्रीमतीेले कुन दिन त्यस्तो सम्बन्ध राख्नु हुँदैनः

औँसीः शास्त्रका अनुसार ओँसीको दिन श्रीमान–श्रीमती एकअर्कादेखि टाढा रहनुपर्छ । अर्थात शारीरिक सम्बन्ध बनाउनु हुँदैन । यस दिन सम्बन्ध बनाउनाले उनीहरुको वैवाहिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ ।

पूर्णीमाको रातः औँसी जस्तै पूर्णीमाको रात पनि विवाहित दम्पत्तिका लागि शारीरिक सम्बन्ध राख्नु अशुभ मानिन्छ । यस समय पनि जोडी एकअर्कादेखि टाढा बस्नुपर्छ ।

सक्रान्तिः सक्रान्तिमा पनि श्रीमान–श्रीमती एकअर्काको नजिक हुनु उत्तम मानिदैन । त्यसैले यस दिन शारीरिक सम्बन्ध नबनाएकै राम्रो हुन्छ ।

चतुर्थी–अष्टमीः चतुर्थी–अष्टमी तिथीमा पनि विवाहित दम्पत्ति एकअर्कादेखि टाढा हुनुपर्ने हुन्छ ।

आइतबारः पुराणका अनुसार आइतबार पनि श्रीमान–श्रीमतीले एकअर्कासँग शारीरिक सम्बन्ध राख्नु हुँदैन ।
श्राद्ध–पितृ पक्षः श्राद्ध या पितृ पक्षका दिन पनि श्रीमान–श्रीमती एकअर्कादेखि टाढै हुनुपर्छ ।

व्रतः जुन दिन स्त्री या पुरुषको व्रत हुन्छ । त्यस दिन पनि श्रीमान–श्रीमतीले कुनै शारीरिक सम्पर्क बनाउनु हुँदैन ।स्रोत ओएस नेपाल 

0 comments

Write Down Your Responses