यसरी संकटमा पर्यो नायक राजेश हमालको वैबाहिक जीवन
नायक राजेश हमालले दुई दशक भन्दा बढीको समय नेपाली चलचित्र क्षेत्रमा एक्लैले धाने । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रले ट्रयाक फेरेसँगै नायक हमालको पुस्ता पहिलेजस्तो चलचित्रमा ब्यस्त नभएपनि राम्रा भिडियोहरुमा भने छाइनै रहेको देख्न सकिन्छ ।
जसमध्येको एक हो गायक सुबास पराजुलीको भिडियो उजाड मेरो जिवन । जसमा नायक हमालले आफ्नी जिवनसंगीनिको रुपमा नायिका करिश्मा मानन्धर देखिएकी छिन् । निजी जिवनमा पिता भइनसकेका हमाल गायक पराजुलीको भिडियोमा उक्त अवसर प्राप्त गरेपनि उनले आफ्नी जिवन संगीनि करिश्मालाई गुमाउन पुग्छन् ।
र भन्छन् मेरो पनि त माया थियो सँगै जिउने चाह थियो नखाएको होइन कसम नियतिले धोका दियो जिवनसाथी आँफुबाट टाढीएपनि नायक हमालले छोरी मोनालिशाको मुख हेरेर बाँकी जिवन बिताउने निर्णय गर्छन् । जुन भिडियोलाई सशान कँडेलले निर्देशन गरेका हुन् ।
अर्पना पराजुलीको निर्माण रहेको भिडियोमा गायक पराजुलीको सुमधुर आवाजमा रहेको गीत उजाड मेरो जिवनमाले समाजमा विभिन्न समयमा घट्टे अकल्पनिय घटनाको यर्थाथ चित्रण गरेर जिवन्त बनाएको छ ।
इन्द्र आरपीका शब्दमा गायक सुवास पराजुली सलल बगेका छन् । बिदुर पाण्डले छायांकन गरेको भिडियोको सम्पादन निशान घिमिरले गरेका हुन् । जसमा गायक पराजुलीकी छोरीले नायक हमालकी छोरीको भूमीका निर्वाह गरेकी छिन् ।
स्रोत ओएस नेपाल


0 comments
Write Down Your Responses