कोही कराउँदैमा र चिच्याउदैमा म आफ्नो गतिबाट पछाडी फर्किन्न, काठमाडौंमा रेलको लिक ओछ्याएरै छाड् छु : प्रधानमन्त्री ओलि

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जिन्दगी नै बोनस (नाफा) पाएकोले प्रधानमन्त्रीमा रहेसम्म विकास निर्माण र सम्बृद्धिका लागि काम गरिरहने बताएका छन् । उहिल्यै मरिसक्थें, अहिले त जिन्दगी नै बोनस पाएको हुँ,’ उनले भने, ‘कोही कराउँदैमा र चिच्याउदैमा म आफ्नो गतिबाट पछाडी फर्किन्न ।’

राजधानीमा मानव अधिकार एलायन्सले गरेको नागरिक राजनीति सम्बादमा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई सुखी बनाउने आफ्नो उद्देश्य भएको बताउँदै कतिपय विद्वान र आचोलकले कामै नपाएर बजेटको आलोचना गरिरहेको आरोप लगाए ।

 देशलाई यो अवस्थासम्म ल्याइपुर्याउन सबै वृद्धवृद्धाहरुको योगदान छ । उहाँहरुले सेकताप नगरेको भए तपाईं हामी यहाँसम्म आउन सक्ने नै थिएनौं’, वृद्धभत्ता बढाउँदा कतिपयको टाउको दुखेको प्रसंग कोट्याउँदै ओलीले भने, ‘बुढाबुढीलाई हेरेर मैले के गल्ती गरें ?’

 उनले दलित, महिला, जनजाति तथा अन्य पिछडिएको वर्ग र समुदायका लागि समेत आफ्नो योगदान र सहयोग निरन्तर रहने दोहोर्याए ।

 ओलीले २०७४ मंसीरमा संसदीय निर्वाचन आफूले नै गराउने पनि बताए । उनले भने, ‘२०७४ मंसीरमा चुनाव गराउछ यो सरकारले । त्यसका परिणामका आधारमा त्यसपछिका बाटो तय गरौंला,’ त्यसभन्दा अघि स्थानीय निकायको चुनाव गर्ने पनि उनले बताए ।

 आफूले काठमाडौंमा रेल कुदाउने सपना देख्दा कतिपयलाई सहीनसक्नु भएको उल्लेख गर्दै उनले सर्भेको काम भइरहेको र चाँडै काठमाडौंमा रेलको लिक ओछ्याउने आफ्नो सपना पुरा हुने दोहोर्याए । नेपाली झण्डा राखेर पानी जहाज कुदाउने सपना पनि पुरा गर्ने अठोट उनले व्यक्त गरेका थिए ।

 सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले देश विकासको दिशामा अघि बढेको बताउँदै अब कसैले पनि रोकेर विकास नरोकिने उल्लेख गरे । ‘मैले बाटो फराकिलो पार्छु, जनताको सेवा गुर्छ, आर्थिक सम्मुनति ल्याउँछु भन्दा किन टाउको दुख्ने,’ उनको प्रश्न थियो ।

 प्रधानमन्त्री ओलीले सरकार फेर्नेबारे कसैसँग कुनै पनि गोप्य सम्झौता नभएको बताए । ‘गोप्य सम्झौता भएको भए किन हल्ला गरेको त । केही गोप्य भएको छैन । भए कसैले यो सहमति हो भनेर देखाइदिए हुन्छ,’ आक्रोशित हुँदै ओलीले भने ।

 उनले आफूले एक पैसा पनि भ्रष्टाचार गरेर सम्पती जोड्ने वा अन्य आवश्यकता पुरा गर्ने उद्देश्य नभएको स्पष्टपार्दै ठाँटका साथ बाँच्ने र सम्मानकासाथ मर्ने आफ्नो इच्छा पुरा गर्ने बताए ।

 देशलाई फाइदा हुने भए प्रधानमन्त्री मात्रै होइन जीवन नै त्यागीदिने घोषणा पनि ओलीले कार्यक्रममा गरेका थिए ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सरकारले राम्रो काम गरिहरको बताउँदै राम्रो काम गर्नेलाई समर्थन गर्न कांग्रेसले सिक्नुपर्ने बताइन् ।

 उनले भनिन्, ‘मैले कुनै पनि सरकार पाँच वर्ष टिक्नुपर्छ । भनेर के गल्ती गरें,’ कोइरालाले प्रश्न गरिन् ।

 कांग्रेस प्रतिपक्षमा छ भन्दैमा राम्रो कामलाई पनि आलोचना गर्ने कुनै पनि आवश्यकता भएको उनको भनाइ थियो ।
स्रोत साझा पेज

0 comments

Write Down Your Responses