नयाँ शक्ति छाड्ने मुडमा करिष्मा, बाबुरामलाई फोनै गरिन्
काठमाडौं–डा. बाबुराम भट्टराईको लहलहैमा लागेर नयाँ शक्तिमा पुगेकी अभिनेत्री करिष्मा मानन्धर यतिबेला चौतर्फी आलोचनाको शिकार भएपछि पार्टी छाड्ने मुडमा पुगेकी छिन् । उनले बाबुरामलाई फोन गरेर पार्टी छाड्ने बताइसकेकी छिन् । दशरथ रंगशालामा उद्घोषिकाको रुपमा प्रस्तुत करिष्माले उद्घोषण गर्ने क्रममा धेरै गल्ती गरेका कारण उनी ‘यू–ट्युव’ सोसल मिडियामा भाइरल बनेकी छिन् । चलचित्रबाट उठेको उनको छवि बाबुरामले धमिल्याएपछि उनी पार्टी छाड्ने निष्कर्शमा पुगेकी हुन् । अब नयाँ शक्तिको उद्घोषिकामा हिसिला यमीको उदय हुने कुराले सुरज वैद्यको टाउको दुख्न थालेको छ ।
दृष्टि साप्ताहिकमा खबर छ ।


0 comments
Write Down Your Responses