हेर्नुहोस आजको रसिफल >>>>>> वि.सं. २०७३ साल जेठ २८ गते। शुक्रबार।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक असमझदारीले मन खिन्न होला। चिताएका काममा अवरोध आउन सक्छ। सुरुमा समस्या देखिए पनि मध्याह्नदेखि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय एवं प्रतिष्ठा प्राप्त हुनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
काममा लगनशील बन्न नसक्ता शुभचिन्तकहरूले आलोचना गर्न सक्छन्। वादविवादले काममा बाधा पुर्याउन सक्छ। प्रतिस्पर्धीहरूले सक्रियता बढाउलान्। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ठूलो फाइदा उठाउन नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। जमघटले अलमल बढाउन सक्छ। आँटले काम लिन नसक्दा केही पछि परिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् भने बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउ“दै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा दिगो काम प्रारम्भ हुन सक्छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। मध्याह्नपछि भने अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। खर्च बढ्ने देखिन्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। मध्याह्नपछि काम गर्ने अवसर मिले पनि ठूलो आर्थिक लाभ नहुन सक्छ। केही काम स्थगन गर्नुपर्ने स्थिति आउन सक्छ। तापनि प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। तापनि मध्याह्नपछि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। भाग्योन्नतिको समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही समस्या देखिए पनि बिहानको समय रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। तापनि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। मेहनत गर्दा चिताएका काम बन्नेछन्।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको दबाबले समस्या निम्त्याए पनि जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त होला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुखद समाचारले अझ उत्साह बढ्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ। मध्याह्नपछि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। सरकारी कडिकडाउको सिकार भइनेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।
स्रोत ;नेपाली  पात्रो

0 comments

Write Down Your Responses