पाल्पा बस दुर्घटनामा आमाले बसबाट फालेर बचेकी उनै बच्ची हुन समिक्षा जसले एसएलसी बोर्ड टपिन
पाल्पा बस दुर्घटनामा आमाले बसबाट फालेर बचेकी उनै बच्ची हुन समिक्षा जसले एसएलसी बोर्ड टपिन |
अरु कसैको दाबी आएन भने यसपटकको एसएलसीमा रुपन्देहीकी समिक्षा सुवेदी नेपाल प्रथम भएकी छिन् । सैनामैना नगरपालिका मुर्गियास्थित सुनगाभा पब्लिक उच्चमाविकी छात्रा सुवेदीले ग्रेड प्वाईन्ट एभरेज (जीपीए) ४ ल्याएकी हुन् । उनको यो अंक देशमै बढी रहेको विद्यालयले दावी गरेको छ । उत्कृष्ठ अंक ल्याएको खुसीमा विद्यालयले रयाली निकाल्यो । विद्यालय परिषरबाट विद्यँर्थी, अभिभावक, संचालक, सुभेच्छुकसहित निस्केको रयाली पश्चिम सालझण्डी र पूर्व बुटवलसम्म आएको थियो । को हुन समीक्षा ? उनी नाबालकमै आमा गुमाएकी,, मध्ययम परिवारमा जन्मीएकी हुन् । समीक्षा ७ महिनाकी हुंदा पाल्पाको बाटुले पोखरामा भएको बस दुर्घटनामा परेर आमा गीताको मृत्यु भएको थियो । २०५५ जेठ १५ गते पाल्पा छहराबाट बुटवल आउदै गरेको बस दुर्घटना हुंदा आफूभन्दा छोरीलाई जोगाउन उनले छोरीलाई झ्यालबाट बाहिर फालिन् । भयो पनि त्यस्तै । उपचार गर्दै गर्दा उनको मृत्यु भयो,छोरी बांचिन् ।


0 comments
Write Down Your Responses