थाहा पाउनुहोस् साँचो माया गर्ने युवकको ६ वटा बानी

कुविक एनपी न्युज

दैनिक जीवनमा हामी विभिन्न समयमा विभिन्न किसिमका व्यक्तिहरुसँग भेटिरहेका हुन्छौँ । तर चोखो प्रेम केवल एक व्यक्तिसँग मात्र हुन्छ । प्रेम यस्तो फिलिङ हो जसलाई शब्दमा बयान गर्न कठिन हुन्छ । जो व्यक्ति प्रेमा पर्दछ उसको व्यवहारमा बदलाव पक्कै देखिन्छ । आज हामी निस्वार्थ प्रेममा परेका युवाहरुले गर्ने ६ व्यवहारको बारेमा उल्लेख गर्छौँ ।

१.निस्वार्थ तथा चोखो माया गर्ने युवकले बेकारको कुराहरु गर्दैन । किनकी ऊ प्रेमिकासँग बसेर भविष्यको बारेमा कुरा गर्न मन पराउँछ ।

२. चोखो माया गर्ने युवकले आफ्नो प्रेमको कुरा कसैसँग पनि लुकाउन चाहँदैन । ऊ आफ्नो साथी, भाई–बहिनी तथा आमासँग प्रेमिकालाई भेट गराउन आतुर हुन्छ ।

३. युवतीको चोखो मायामा विश्वास गर्ने युवकहरु केटीको घर परिवारको बारेमा जानकारी लिन उत्सुक हुन्छ ।

४. यस्तो युवक वा प्रेमी युवतीको भविष्यको बारेमा चिन्तित हुन्छ र यसको बारेमा समय समय कुरा गर्न पनि रुचाउँछ ।

५. यस्तो अवस्थामा युवक अचानक युवती प्रति हेरविचार राख्दछ साथै युवतीलाई हर तरिकाले खुशी दिन चाहन्छ ।

६. साँचो माया भएका युवकहरु अचानक हरेक कुरामा युवती प्रति विश्वास गर्ने गर्छन् ।

0 comments

Write Down Your Responses