काठमाडौं खतारको सूचीमा..........के रहेछ त कारण ?????

काठमाडौँ ९ साउन । काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा खतारको सूचीमा पर्ने सम्भावना एक वर्षका लागि टरेको छ।

२०७२ सालको भूकम्पले ध्वस्त पारेको काठमाडौं उपत्यकाको विश्व सम्पदा सूचीमा सूचीकृत सम्प्दाको पुननिर्माण निकै सुस्त रहेको, नेपालले अधिकांश सम्पदा पुनर्निर्माण गर्न नसक्ने, पुनर्निर्माणका लागि नेपालले स्रोतको व्यवस्थापन गर्न नसक्ने लगायतका कारण देखाउँदै खतारको सूचीमा राख्ने प्रस्ताव तया भई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्केतिक संघ (युनेस्को)को ४० औँ अधिवेशनमा प्रस्तुत भएको थियो।

टर्कीको राजधानी स्तानबुलमा असार २६ देखि साउन ५ सम्म आयाृजित युनेस्कोको अधिवेशनमा ब्युरो कमिटीका २१ मध्ये १८ सदस्य नेपालका पक्षमा उभिएपछि काठमाडौं उपत्यकामा विश्व सम्पदा खतराको सूचीमा सूचीकृत हुनबाट जोगिएको छ। बैठकमा नेपालले सम्पदाको पुनर्निर्माण र संरक्षण गर्ने प्रतिबद्धता दोहोर्याएको थियो।

सो बैठकमा सहभागी सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव प्रेमकुमार राईले आफूहरुले निकै आग्रह गरेपछि बहुमतबाट प्रस्ताव अस्वीकृत भएको जानकारी दिँदै भने,‘हामीले पुनर्निर्माणका लागि समय माग गरेका छौं। नेपाललाई समय दिइनुपर्छ भनेर १८ सदस्यले हाम्रा पक्षमा मत जाहेर गरे। तत्कालका लागि खतराको सूचीमा पनैबाट टरेपनि यसबाट मुक्त हुन अब पुनर्निर्माण गर्नैपर्छ।’ आजको गोरखापत्र दैनिकमा खबर छ।

0 comments

Write Down Your Responses