धनकुटा बस दुर्घटनाः पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु (भिडियो सहित)
धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित सात जनाको मृत्यु भएको छ ।
संखुवासभाको मुडेशनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस हिलटप होटल नजिक दिउँसो सवा १२ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । माओवादी नेता वर्षमान पुन ‘अनन्त’ अर्थमन्त्री हुँदा उनी राज्यमन्त्री थिए ।
अन्य मृतकको भने सनाखत नभएको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses