हेर्नुहोस तपाईको यस साताको राशिफल >>>>>साउन २—८, २०७३
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा असहज परिस्थितिले बाधा पुर्याउन सक्छ। स्वास्थ्य कमजोर बन्ने र चिताएको काम स्थगित हुने सम्भावना देखिन्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने चेष्टा गर्नुहोला। बुधबारदेखि स्थितिमा सुधार आउनुका साथै काम बन्नाले उत्साहित भइनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला। सप्ताहान्तमा मनग्य आम्दानी हुनेछ। आफ्ना कामले धेरैलाई प्रभावित बनाउन सकिनेछ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा परिस्थिति रमाइलो देखिए पनि व्यवहारमा कठिनाइहरू आउन सक्छन्। अप्ठ्यारा कामको बोझ थपिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वास गर्दा धोका पाइएला। स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ। बुधबारदेखि स्थितिमा सुधार आउनेछ। मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। चुनौती देखिए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ। बुधबारपछि स्वास्थ्य कमजोर रहने देखिन्छ। घरायसी काम बिग्रनाले दु:ख पाइएला। परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। सप्ताहान्तमा परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तथापि प्रयत्न गर्दा फाइदै उठाउन सकिनेछ। खर्च भए पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। साताको अन्त्यमा स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। स्वास्थ्यमा देखिने कमजोरीले काममा पनि बाधा पुर्याउन सक्छ। अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला। प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउने चेष्ट गर्लान्। सरकारी कडिकडाउको सिकार भइनेछ। तापनि, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। सप्ताहान्तमा मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना छ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ। सोमबार र मंगलबार साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। काम बिग्रने डरले सताए पनि हिम्मत गर्दा फाइदै हुनेछ। टाढिएका आफन्तहरू नजिकिएलान्। शुभचिन्तकहरूले साथ दिनाले रोकिएका काम बन्नेछन्। पढाइलेखाइमा प्रगति हुनेछ भने टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रतिस्पर्धीहरूले हार खालान्। धनागमका साथै रमाइला क्षणको सहयात्री बन्न सकिनेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ। मेहनतले धेरै काम बनाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। तर ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला। अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। बुधबारदेखि टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। सप्ताहान्तमा रोकिएका काम बन्नेछन् भने प्रतिस्पर्धीहरूले हार खानेछन्। दिगो फाइदा हुनेछ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला। बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ। मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ। सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ। टाढिएका आफन्तजन नजिकिनेछन्। सप्ताहान्तमा पारिवारिक असमझदारी देखिन सक्छ। शुभचिन्तकहरूले साथ दिनेछन्। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सोमबारपछि परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ। भोजभतेरको निम्तो आउन सक्छ। सन्दर पहिरनमा ठाँटिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ। मान-सम्मानका साथ विशेष उपहार प्राप्त होला। सप्ताहान्त भने अलि तनावग्रस्त एवं संघर्षपूर्ण रहन सक्छ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ। छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बलजफ्ती गर्दा काम बिग्रनेछ भने रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा बिस्तारै फाइदा हुनेछ। बुधबारदेखि विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आँटेको काम बन्नेछ भने मेहनत गर्दा मनग्य आर्जन हुनेछ। सप्ताहान्तमा वादविवादमा परिने योग देखिएकाले सजग रहनुहोला। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा हिम्मतले काम लिन सकिनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन्। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ। सप्ताहान्तमा भने तर्क गर्ने बानीले केही समस्या निम्त्याउन सक्छ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन्। अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। सप्ताहान्तमा केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। (नेपाली पात्रो)


0 comments
Write Down Your Responses