स्कुटर दुर्घटनामा घाइते बनेकी केकी अधिकारीले भनिन् ‘सडकमा केटाहरुले पेल्छन्’ (भिडियो)

स्कुटर दुर्घटनामा घाइते बनेकी नायिका केकी अधिकारीले सडकमा हिँड्दा पुरुषहरुले युवतीहरुलाई पेल्ने गरेको आरोप लगाएकी छिन् । राजधानीमा आयोजीत एक कार्यक्रममा मिडिया एनपीसँग कुराकानी गर्दै उनले बाटोमा आफ्नै लेनबाट हिँड्दा अर्को लेनबाट आएको मोटरसाइकलले आँफुलाई ठक्कर दिएका कारण आँफुले दुख पाएको बताइन् । उनले माइक्रा,े मोटरसाइकल लगायतका सवारीका चालकले युवतीहरुलाई हेर्ने सोचमा परिवर्तन नगरी यो दुब्र्यबहारको अन्त्य गर्न नसकिने बताइन् । उनले भनिन् केटाहरुले केटीहरुलाई जिस्काउनकै लागी भए पनि यस्ता हर्कत गर्छन्, जुन खेद योग्य हुन् । धर्म परिवर्तन सम्बन्धि बन्न लागेको चलचित्र जोसेफको छायांकनको तयारीमा रहेकी नायिका अधिकारीले आँफु हिन्दु धर्ममा जन्मबाट प्रभावित भए पनि कामले आँफुलाई चिनाउनुपर्ने जिकिर गरिन् ।

0 comments

Write Down Your Responses