काठमाडौ सरुवा हुने तल्लो तहका कुनैपनि प्रहरी हामिलाई नभोगी सरुवा भएको रेकर्ड छैन|
काठमाडौको ठमेल स्थित संचयकोष भवनमा व्यक्तिगत कामले पुगेको थिए । दाहिने तर्फको पार्किङमा मोटरसाईकल अड्याएर हतारिदै संचयकोष भवनमा चड्ने सिडि तिरै मेरा आँखा सोझ्याए । त्यत्तिकैमा कहि देखेजस्तो लाग्ने अधवैसे युवतीले एकटकले मलाई हेरिरहेकी थिइन् । हतारिदै म सिडिमा चड्न खोज्दै गर्दा युवतीले आवाज निकालिन् “हजुर पत्रकार हैन ।कही दोहोरो चिनजान नभएका कारण मैले हो मात्र भने, उनले थपिन् “हतारमा हुनुहुन्छ जस्तो छ, देख्ने वित्तिकै तपाईलाई चिनेर बोलौ भनेरै यही सिडि नजिकै आइपुगेकी,” कोही पत्रकारलाई कहानी सुनौँ जस्तो लागेको थियो तपाईलाई नै भेटे, मैले तपाईलाई ” काठमाडौ प्रहरीले पक्राउ गरेका केटी मिडियालाई सार्वजानीक गर्दै गरेका बेला देखेको थिए ।” मैले नियाले तर तपाईहरु त्यस्ता कति कार्यक्रममा जानुहुन्छ के याद हुन्थ्यो होला र । उनी फटाफट बोलिरहेकी थिइन् ।
धामी बर्बराए बरावर बोलिएका शब्द मैले त्यतिधेरै लिन सकिन । मैले मलाई अलिक हतार छ माथी काम सकेर फर्किदा सम्म पर्खिने हो भने सुन्ने छु । भन्दै माथी गइहाले । फर्किदा सम्मपनि उनी त्यही थिइन् । तल झरेपछि उनले सुनाएका कुरा मेरा लागि चासोको विषय बन्यो । हिमालय जाभामा पुगेर कफि पिउँदै सुन्ने निधो गरे । किनकी मेरो लेखनका लागि उनले ओकलेका केही कुरा मसला बन्ने एकिन भइसकेको थियो । अर्डर गरेको कफि नआउँदै उनले कुरा फेरी सुरु गरिन् ।तपाई पत्रकारहरु अवैध यौन व्यपार गरेको आरोपमा रंगेहात यति जना युवती प्रहरीले पक्राउ गरेर सार्वजानीक गरेको छ भन्दै हाम्रा अनुहार देखाउनुहुन्छ । तर तपाईहरुलाई थाहा छ ? तीनै प्रहरी जो काठमाडौमा जागिर सरुवा भएर आउने जो कोही हामिसँग यौन सम्पर्क नगरि अरुतिर सरुवा भएको रेकर्ड छैन । काठमाडौमा कुन सिपाही, हवल्दार, असई देखि इन्सपेक्टर सम्म सरुवा भएर काठमाडौ गल्लिमा छिर्यो भन्ने हामिलाई पहिले नै थाहा हुन्छ । किनकी उनीहरु हामिसँग नि:शुल्क भोग्न गल्लि चाहादै हिँडेका हुन्छन् ।उनी बोलिरहिन् म सुनिरहे, उनको काहानीका कारण सुन्ने सिवाय मसँग अरु विकल्प पनि थिएन । उनले थपिन् “इन्सपेक्टर भन्दा माथीका अधिकृतहरु हाम्रै अखडामा आएर हामिलाई भोग्ने चै कम हुन्छन् तर इन्सपेक्टर भन्दा तलका प्रहरी कार्ड नै झुण्ड्याएर हामिलाई भोग्छन् त्यसको केही समयमै पक्राउ गरेर प्रहरी खोरमा पुर्याउछन् । समाएर लान्छ अनि कुरो मिलेपछि त्यही प्रहरीले छाडिदिन्छ,’ हामी धेरै प्रहरीबाटै शोषणमा परेका छौं।कफि आयो, कपि ल्याउने वेटर भाई टेलमा आउदापनि उनले कुरा रोकिनन् । हामिलाई यी भाईहरुले पनि चिन्छन् । सायद तपाईलाई पनि हाम्रै ग्राहक ठान्यो होला उनले मप्रति अलिक सम्मान देखाएर वेटरलाई ग्राहक हैन भन्ने संकेत दिएकी रहिछन् ।त्यसपछि अनि… भन्दै फेरी कहानी सुरु गरिन् ।जब हामि प्रहरी खोरबाट कुरा मिलेर छुट्छौ । केही समयपछि त्यही पक्राउ गर्ने प्रहरीकै हुल हाम्रो अड्डामा आइपुग्छ । आफुले कुरा मिलाएको भन्दै समुहले नै नि:शुल्क भोगेर जान्छ । त्यसपछि सरुवा नभएसम्म उसले चिनेजानेका साथी देखि प्रहरी कर्मचारीसम्म नै निशुल्कका लागि ल्याइदिन्छ । गलेका हुन्छौं तर प्रहरीले चाहेको बेलामा उनीहरुको ओछ्यान तताएनौ भने पक्राउ गर्छन् । यति भन्दै गर्दा उनी भावुक पनि भइन् । कहिलेकाही बेरामी भएपनि काम नगर्ने गरी साथीका लागि आएर बसेका हुन्छौ । ग्राहकलाई त जान्न भन्दा हुन्छ । प्रहरी आयो भने त लुछेरै जान्छ । अलिक छुद्र भाषामा बोलीन यी पुलिसको जात सारै घामट, लाग्छ मानवता नै छैन ।
’हामी हाम्रो इज्जत बेचेरै पैसा कमाउँदै छौं, हामीलाई प्रहरीले हरेक दिनजसो धम्काएर शारीरिक सम्पर्क गर्न त मिल्दैन नि ?’ अलिक हिम्मतिलो बन्न खोजिन् ।तर दुख लाग्छ क्या भन्दै फेरी थपिन् “त्यो ६ महिना पहिले त्यही प्रहरीले मसँग पुरै रात वितायो । रात बिताए लगत्तै भोलीपल्ट दिउँसो उनीसहित एक टोली हाम्रो अड्डामा छापा मार्न आयो, म सहित केहीलार्इ समातेर थुन्यो, केही घन्टापछि छोडिदिएको थियो, ‘उनले भनिनन्, ‘लगत्तै त्यही प्रहरीले हाकिमलार्इ भनुसुन गरेर छुटाएको भन्दै फेरि हामीसँग आएर चाहेको बेला सुत्न थाले।’उनले पटक-पटक प्रहरीले चाहेको बेला यौन सम्पर्क गर्न दिनुपर्ने पीडामा आफुहरु रहेको गुनासो गरिन्।उनले थपिन् दावीका साथ भन्छु जस्तै सोझो पुलिसपनि काठमाडौ सरुवा भएर छिर्यो भने साथीकै बलमा भएपनि हामिकहाँ आइनपुग्ने कोही हुन्न् । फेरी नि:शुल्क भनेपछि जस्तै लल्लुपनि आइपुग्छ उनले मेरो हतारो देखिर कुरा विट मार्ने शैलीमा यस्तो शब्द ओकलिन् ।
मैले केही भन्नै सकिन, निशब्द म त्यहाँबाट विदा मागेर बाहिरीए । हिड्नै खोज्दा प्रहरी क्यामेरा अगाडी छाति फुलाएर बोल्छन् । तपाईहरुका टप समाचार बन्छन् । हामिलाई लाज हुन्छ अनुहार नदेखाउनु है भन्दै बोल्नु पर्छ त्यसैलेपनि मेरो समाचार त बन्दैन होला । ब्याङ्ग्य गर्न खुब सिपालु रहिछन् । मैले अनलाईन मा चै लेखौला न है की, मोबाईले एउटा तस्विर लिइहालौँ त भने, उनले धेरै बुझेको जस्तो गर्दै मेरो कहानी सुनाई शैलीमा सत्यता पाउनुभएन र फेरी ढुक्क हुन म कहि जान्न तपाईलाई प्रमाणको अप्ठ्यारै परे तिनै पुलिसलाई मेरो अड्डामा ल्याएर देखाइदिनुनी सबै मानिसले नचिनेपनि काठमाडौका पुलिसले त चिनिहाल्छन् नी अन्त्यमा पनि फेरी ब्यवाङ्ग्यको झटारो हानिन् । म फिस्स हाँदै फर्किए ।


0 comments
Write Down Your Responses