.१. प्रतिदिन १० देखि २० मिनटसम्म हरियो घाँसमा पैदल हिड्ने बानी बनाउनुस , हिड्ने समयमा अनुहारमा मुस्कान राख्नुस
२. प्रतिदिन कमसेकम १० मिनट मौन बस्नुस
३. बितेको वर्षको तुलना मा यो वर्ष धेरै पुस्तक पढ्नुस
४. ७० वर्षको उमेर भन्दा माथीको वृद्ध व्यक्तिसित र ६ वर्षको मुनिको बच्चाहरुको साथमा केही समय व्यतित गर्नुस
५. प्रतिदिन धेरै पानी पिउनुस ,
६. प्रतिदिन कमसेकम तीन जना व्यक्तिको अनुहारमा मुस्कान ल्याउने प्रयास गर्नुस
७. फाल्तु कुराकानी गरेर आफ्नो मुल्यवान उर्जा बर्बाद नगर्नुस र बोल्दा शिर हमेशा उच्च राखेर बोल्नुस
८. अतितको मुद्धाहरुलाई भुलिदिनुस , जब खराब यादहरु आउँछ त्यतिखेरै राम्रो यादहरु सम्झिनुस , आफ्नो जीवन साथीलाई अतितको गल्तिहरु याद नदिलाउनुस , जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने अटुट विश्वास राख्नुस
९. महसुस गर्नुस कि जीवन एउटा स्कुल हो ,र यहाँ तपाईं सिक्नको लागि आउनुभएको छ ,जुन समस्याहरु यहाँ देख्नुहुन्छ त्यो पाठ्यक्रम को हिस्सा हो
१०. एउटा राजाको जस्तै नास्ता
, एउटा राजकुमारको जस्तै दिउसोको भोजन र एउटा भिखारीको जस्तै रातको खाना खानुस
११. अरुलाई घृणा गरेर आफ्नो समय र उर्जा नष्ट नगर्नुस , नफरत को लागि यो जिन्दगी धेरै छोटो छ , माफ गरीदिएर सम्बन्ध पुन कायम राख्नुस , किनकी टुटेर पात रुखबाट हरियो हुदैन ,
१२. तपाइलाइ हरेक बहसमा जित्नु जरुरी छैन , असहमतिमा पनि सहमती दिनुस
१३. आफ्नो जिवनको तुलना अरुसित नगर्नुस , तपाईं जस्तो हुनुहुन्छ जे हुनुहुन्छ यु आर पर्फेक्ट ।
१५. गल्तिको लागि गल्ती गर्नेहरुलाई माफ गरिदिनुस , अन्यथा तपाइबाट गल्ती भयो भने माफ पाउने बाटो रहदैन
१५. यो सोच्नु तपाइको काम होइन कि अरुले तपाइको बारेमा के सोच्दछन ?”
१६. समय अनुसार चल्नुस , धैर्यता राख्नुस समयले जस्तोसुकै घाउ पनि निको पारीदिन्छ
१७. ईर्ष्या गर्नु समयको बर्बादी मात्र हो , आवश्यकताको सबैकुरा तपाइसितै छ
१८. प्रतिदिन अरुको केही भलाइ गर्नुस , सहयोग गर्नुस
१८. जब तपाईं बिहान जाग्नुहुन्छ तब तपाईं आफ्नो आमाबुवालाई धन्यवाद दिनुस , किनकी आमाबुवाको कारणले तपाईं यो दुनियामा हुनुहुन्छ
२०. हमेशा खुशी हुनुस , मनस्थिती बदल्नुस परीस्थिती आफै बदलिन्छ ,
सुखी र सुखी जिवन जिउने २० मुख्य सुत्रहरु > साथिहरु तपाइले अध्ययन गरेपछि बाड्नुहोला


0 comments
Write Down Your Responses