कतारमा नेपालीको दयनीय आबस्ता !!! एउटा कोठामा २० जना नेपालीलाइ यसरी कोचेर राखिएको छ (भिडियो सहित)

कतारको अल वकिरस्थित इजदान–३२ मा मंगलबार दिउँसो पुग्दा बाहिरी तापक्रम ५० डिग्री थियो । चर्को गर्मीकै कारण गाडीको एसीले काम गरिरहेको थिएन । इजदान कम्पनीले भिल्ला भाडामा लगाउने काम गर्छ । गेटमा आफ्नो आईडी राखेर भिल्ला नम्बर १२१ मा पुगें । त्यस भिल्लामा ‘कतारी साउदी कन्ट्रक्टिङ कम्पनी’ ले भाडामा लिएर कामदार राखेका थिए ।

इन्द्रपुर–१, नेपालगन्जका नयनसिंह रसाइली लिनका लागि गेटमा आइपुगेका थिए । भिल्लाको ढोका खोलेर मलाई भित्र लगेपछि बडो अनौठो दृश्य देखें । यो एउटा समान्य भिल्ला थियो, जुन सानो परिवार बस्न मिल्ने गरी बनाइएको थियो । तर, यहाँ त भिल्लाको बैठक कक्षलाई नै कामदार बस्ने कोठा बनाइएको थियो । यो कोठामा मात्रै २० जना कामदार बस्दै आएका थिए ।

,

0 comments

Write Down Your Responses