राम्रा काम गरेकै कारण ओलीविरुद्ध अविश्वासको प्रस्ताव आयो ,साथै नयाँ राजनीतिक समिकरणसँगै बन्न लागेको काँग्रेसको बुई चढेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारमा जाँदै छन् : एमाले सचिव ज्ञवाली

काठमाडौं, ३ साउन । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले वर्तमान सरकार संसदलाई विश्वास गर्ने भएकाले संसदको जस्तो पनि निर्णयलाई स्वीकार गर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै ज्ञवालीले नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेसको समझदारी जसरी वर्तमान सरकारलाई अविश्वासको प्रस्ताव राखेको छ, संसदले गणितीय आधारमा गर्ने निर्णयलाई सहर्ष स्वीकार गर्दै अविश्वासको प्रस्तावसँगै वर्तमान सरकार असफल रहे एक मिनेटमै सत्ता छाड्ने बताए ।



ज्ञवालीले संविधान कार्यान्वयनको पाटोमा नेकपा एमाले अटल रहेको भन्दै उनले सरकारको मोहभन्दा संविधानको रक्षाका लागि नयाँ सरकार निर्माणसँगै प्रतिपक्षमा बस्ने बताए ।

वर्तमान सरकारको बहिर्गमन पश्चात देखिएको संवैधानिक जटिलताहरु फुकाउन समेत वर्तमान सरकार तयार रहेको र संशोधनमा सहमत जनाउँदै संविधान अनुरुप सत्ता हस्तान्तरण गर्ने बताउँदै ज्ञवालीले नयाँ सरकार गठन गर्न राष्ट्रपतिले बाधा अट्काउ फुकाउने, संबिधान संशोधन गर्ने वा दलीय सहमति गर्ने आधारमात्र संविधानमा व्यवस्था भएकाले वर्तमान सरकारले संसदको उपयोग गरेको बताए ।

‘सरकारले त्यस्तो कुन गल्ती गर्यो र अविश्वासको प्रस्ताव ल्याउनु पर्ने वातावरणको श्रृजना भयो र छिर्के दाउ हान्नु पर्यो ?’ उनले भने, ‘भारतको नाकाबन्दीको सामना गर्यो, मधेश आन्दोलनलाई साम्य गयौं, जनताको बजेट ल्याऔं, पुनर्निमाणको कामलाई तिव्रता दियौं, नयाँ शिराबाट अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार गर्ने लगायतका राम्रा काम कै कारण अविश्वासको प्रस्ताव आएको हो ।’

वर्तमान सरकारले सत्ता लम्बाउनु अनुचित सम्झौता नगरेको र सत्ता लम्बाउने भन्दा पनि संबिधानको सफल कार्यान्वयनको पाटोलाई प्रमुखता दिएको उनले बताए । ‘वर्तमान सरकारको स्पष्ट खाका देखेर अन्य राजनीतिक दलहरु अत्तालिएको र सफल संबिधान कार्यान्वयको बाटो देखे पछि असफल पार्ने रणनीति अनुरुप नै सरकार परिवर्नतनको खेल भएको हो ।’

केपी ओली सरकारको नेतृत्व परिवर्तन गर्न लागि परेको राजनीतिक दलहरुले आन्दोलनको नाम दिएर जसरी अन्य राजनीतिक दलहरुलाई सत्ता निर्माणमा सहयोग गरिरहेका छन् यसले तराई आन्दोलनको रुप स्पष्ट पारेको उनको भनाई छ ।

‘संसदलाई उपयोग गर्ने भन्दा पनि बिभिन्न कालो कोठामा बसेर सरकार परिवर्तनको खेल रच्नु र वर्तमान सरकार समक्ष अविश्वासको प्रस्तावसँगै कुनै भवनमा भोज गरिनुले पनि सत्ता परिवर्तन गरि लाभ लिने र संबिधान कार्यान्वयनलाई ओझेल पार्ने खेल स्पष्ट भएको छ,’ उनले भने ।

‘नयाँ राजनीतिक समिकरणसँगै बन्न लागेको काँग्रेसको बुई चढेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारमा जाँदै छन्,’ उनले भने, ‘उनले बैतर्णी पार गर्न सकुन् भन्ने कामना रहेता पनि नदीको बिच मै डुबेमा लाईफ ज्याकेट लिएर आफूहरु उद्धारमा आउन तयार छौ ।’

वर्तमान अवस्थामा बिदेशीको चलखेल बढेको भन्दै उनले भने, आफ्नो थैलीको मुख बाँध्न नसक्नु को परिणाम हो यो। आफ्नो ढाड कुप्री पारिदिने परिबृतिकै कारण बिदेशीहरुले हाम्रो बुई चढ्ने मौका पाएकाले अरुलाई दोष दिनुभन्दा पनि नेपाली राजनीतिक पाटोलाई दोष दिनु उपयुक्त हुन्छ ।’

केपी शर्मा ओलीको चीन भ्रमण पश्चात गरिएका सम्झौताको कार्यान्वयन हुन नसके त्यसले नेपाललाई बीस बर्ष पछि धकल्ने उनले दाबी गरे ।

‘चीनियाँ राष्ट्रपतिको भ्रमण पछिल्लो राजनीति दृश्यका कारण हुनेमा आशंका छ । नेकपा एमालेले चीनियाँ राष्ट्रपतिलाई आमन्त्रण नगरेको र नेपाल सरकारले गरेका कारण राष्ट्रपतिको भ्रमणलाई निरन्तर दिनुपर्छ,’ उनले भने, ‘यदी राष्ट्रपतिको भ्रमण हुन नसके यसले कुटनीतिक पक्षलाई समेत ओझेलमा पार्छ ।’


0 comments

Write Down Your Responses