पागल प्रेमीको हर्कत : आमा भगाउन दुई बच्चा मारे
भिमबहादुर भण्डारीको यस्तो क्रुर जवाफ सुन्दा सबै स्तब्ध भए । तर उनको र ती बच्चाहरूकी आमा कमला घर्तीको अनुहारमा पश्चाताप देखिँदैनथ्यो ।
वाग्लुङ सदरमुकाममा जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा डिएसपी चक्रबहादुर सिंहले भने, ‘निज भण्डारीले साँढे दुई वर्षअघि देखि कमलासँग प्रेम सम्वन्ध रहँदै आएको स्वीकार गरेको छ
त्यस साँझ घरमा कोही नभएको बेलामा आफूले ती बालबालिकालाई घाँटी थिचेर मारेको र बाहिर निस्केर ढोका बन्द गरी गहुँको नल ल्याई घरमा आगो लगाई दिएको बताएको छ ।’ पत्रकार सम्मेलनमा कमला भने बोलिनन् । उनीसँग थप अनुसन्धान गर्न बाँकी रहेको जानकारी प्रहरीले दिएको छ ।
गत बैशाख १४ गते वाग्लुङ्गको बोहरागाउँ–७ सानोजिरीमा सन्तबहादुर घर्तीको घरगोठ आगलागी भयो । त्यहाँ उनका पाँच वर्षीया छोरी समुद्र र डेढ बर्षीय छोरा मनोज परे ।
सन्तबहादुर भने त्यतिबेला मलेसिया थिए । त्यो खबरबाट स्तब्ध भएका उनी घर आए । घर आउँदा श्रीमती थिइनन् । उनले गाउँलेको सूचनाको आधारमा किटानी जाहेरी दिए । घटना भएको तीन दिनअघि देखि भिमबहादुर कमलाकोमा बसेको जानकारी पाएपछि सन्तबहादुरले दिएको जाहेरीपछि प्रहरीले अनुसन्धान थाल्यो ।
देवीस्थान–४ का २टि२ बर्षीय भिमबहादुरलाई पक्राउ गरेपछि खुल्यो कि उनीहरूको हत्या भएको थियो । हत्याको समयमा बालबालिकाका हजुरआमा, आमा र कमला पनि बाहिर घरबाहिर रहेको खुलेको छ । आगलागीपछि भिमबहादुर नै गाउँलेलाई गुहार माग्न गएका थिए ।
भिमबहादुरले बच्चाहरूको हत्या गरी गहुँको नल ल्याएर घरमा आगो लगाइदिएको उनकै बयानबाट पुष्टि भएको छ । घटनापछि २३ बर्षीया कमलासँगै भागेका दुवै जनालाई वुर्तिवाङ्ग प्रहरीले बुधवार पक्राउ गरेको थियो ।
स्रोत रातोपाटि


0 comments
Write Down Your Responses