बहिनी भेट्न आइपुगे राष्ट्रिय फुटबलर विमल read more

१४ जेठ । गृह जिल्ला नवलपरासीमा बहिनी मनीषाको मृत्यु भएपछि उनलाई भेट्न राष्ट्रिय फुटबलर विमल घर्ती काठमाडौं आइपुगेका छन् ।
बेल्जियममा रहेका विमल बिहान नौ बजे अन्तर्राष्ट्रिय बिमान स्थलमा उत्रिएका हुन् । आफ्नी १७ वर्षीय बहिनी मनीषाको बिहीबार शंकास्पद मृत्युको शोकमा रहेका विमल शिक्षण अस्पतालमा पुगेर बहिनीको मुख हेर्ने आफन्तले जनाएका छन् ।
बिमल बेल्जियममा खुट्टाको उपचारकालागि गएका थिए । एन्फाका सहायक सिइओ राजेन्द्र न्यौपाने विमललाई लिन विमनस्थल गएका थिए ।
बुधबार राति आफ्नै घरमा मृत अवस्थामा भेटिएकी मनीषाको शवको पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

0 comments

Write Down Your Responses