हेर्नुहोस आजको राशिफल >>>>वि.सं. २०७३ साल जेठ ८ गते। शनिबार।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
केही समस्या देखिए पनि बिहानको समय रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। सुखदुःखमा साथ दिनेहरू भेटिए पनि चिताएका काममा बाधा हुन सक्छ। गोपनीयतामा ध्यान दिँदै आर्थिक लेनदेनमा सजग रहनुहोला। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
मेहनतीहरूका लागि दिन उत्साहजनक रहनेछ। रोकिएका काम बन्नुका साथै विशेष कर्मप्राप्ति हुन सक्छ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। मध्याह्नदेखि रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा स्वादिष्ट भोजन र सम्मान प्राप्त हुने समय छ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह 
सुखद समाचारले अझ उत्साह बढ्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ। मध्याह्नपछि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। सरकारी कडिकडाउको सिकार भइनेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो 
पारिवारिक असमझदारीले मन खिन्न होला। चिताएका काममा अवरोध आउन सक्छ। सुरुमा समस्या देखिए पनि मध्याह्नपछि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय एवं प्रतिष्ठा प्राप्त हुनेछ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै विषयबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले साथ दिनेछन्। मध्याह्नपछि परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। आफन्तहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। यसले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
अध्ययनमा प्रगति हुनेछ। सभा–समारोहमा सहभागी बन्ने मौका जुट्नेछ। मानसम्मान समेत पाइनेछ। व्यवसायमा मनग्य धन लाभ भए पनि फजुल खर्च बढ्नाले अर्थ सञ्चय गर्न नसकिएला। मध्याह्नपछि काममा लगनशील बन्न नसक्ता शुभचिन्तकहरूले आलोचना गर्न सक्छन्। प्रतिस्पर्धीहरूले सक्रियता बढाउलान्। सहयोगीहरूले हात झिक्नाले समस्या पर्न सक्छ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते 
ठूलो फाइदा उठाउन नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। आँटले काम लिन नसक्दा केही पछि परिए पनि मध्याह्नपछि विभिन्न अवसर प्राप्त हुनेछन्। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् भने बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु 
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउ“दै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
गरेका कामबाट प्रशस्त धन लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पारिवारिक आवश्यकता पूर्ति होला। मध्याह्नदेखि केही मात्रामा खर्च बढ्न सक्छ। तापनि, दिगो फाइदा हुने काममा हात हाल्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। मध्याह्नपछि भने अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। खर्च बढ्ने देखिन्छ। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द 
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। मध्याह्नपछि काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। आशा देखाउनेहरूले धोका दिन सक्छन्। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। मध्याह्नपछि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। भाग्योन्नतिको समय छ। (नेपाली पात्रो)

0 comments

Write Down Your Responses