हेर्नुहोस तपाइको यस साताको राशिफल >>>>जेठ ९—१५, २०७३.

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुमा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। अस्वस्थताका बीच कामको बोझ थपिने सम्भावना छ। अरूका काममा महत्वपूर्ण समय खर्चनुपर्ला। योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने चेष्टा गर्नुहोला। आँटेका काममा विलम्ब हुन सक्छ। बिहीबारदेखि स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। मानसम्मान पाइनेछ भने प्रशंसकहरू बढ्नेछन्। सप्ताहान्तमा प्रशस्त फाइदा हुनेछ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा रमाइलो यात्राको अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। मंगलबार र बुधबार काम बिग्रनाले मन खिन्न रहला। आर्थिक पक्ष पनि कमजोर बन्ने देखिन्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । बिहीबारदेखि स्थितिमा सुधार आउनुका साथै कामले उत्साह जगाउनेछ। सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ । (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। सहयोगको नाटक गर्नेहरूले धोका दिन सक्छन्। अनावश्यक क्षेत्रमा ध्यान दिनाले झमेला आइपर्ला। मंगलबार र बुधबार परिस्थिति अनुकूल रहनाले चिताएका काम सम्पादन हुनेछन्। रमाइलो जमघटको सहयात्री भइनेछ। बिहीबारपछि अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। स्वास्थ्यमा बाधा, काममा व्यवधान र अर्थ अभावले सताउन सक्छ। सप्ताहान्तमा मेहनतले परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूलाई सजिलै हराउन सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। साताको अन्त्यमा स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। मेहनतको प्रतिफल भने मनग्य प्राप्त हुनेछ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन्। शुभचिन्तकहरूले साथ दिनाले रोकिएका काम बन्नेछन्। मंगलबार र बुधबार अस्वस्थताले पढाइमा बाधा पुग्न सक्छ। प्रतिस्पर्धीलाई कमजोर ठान्दा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। बिहीबारदेखि कामले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। रमाइला ठाउँको भ्रमण गर्ने मौका छ। कृषि तथा व्यापारमा राम्रो फाइदा होला। मनग्य धनलाभ हुनेछ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा केही चुनौती देखिए पनि मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ। प्रतिपक्षीहरूले पनि काममा सहयोग जुटाउन सक्छन्। तर, अरूको मात्र भर पर्नाले तपाईंको महत्वाकांक्षा पूरा नहुन सक्छ। घर–परिवारमा असमझदारी बढ्नाले विशेष अवसर गुम्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। बिहीबारपछि स्थितिमा सुधार आउनुका साथै रोकिएका काम बन्नेछन्। प्रतिस्पर्धीहरूले हार खालान्। धनागमका साथै रमाइला क्षणको सहयात्री बन्न सकिनेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुरुमा बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। मेहनत एवं आँटले काम लिन सकिनेछ। प्रशंसक तथा सहयोगीहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। बिहीबारपछि परिवारजनमा असमझदारी बढ्नुका साथै काममा बाधा पुग्ने सम्भावना छ। पठनपाठनमा समय दिन नसकिएला। व्यापारमा पनि लाभांश गुम्ने योग छ, सचेत रहनुहोला। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला। बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ। मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ। सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ। टाढिएका आफन्तजन नजिकिनेछन्। सप्ताहान्तमा भने पारिवारिक असमझदारीले मन खिन्न रहन सक्छ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुरुमा केही खर्च लागे पनि चिताएको काम सम्पादन गर्न सकिनेछ। व्यवसायमा लगानी बढाउने मौका प्राप्त हुनेछ। पहिलेको प्रतिफल प्राप्त हुनेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ। बिहीबारपछि धनहानि र वादविवादमा परिने योग भएकाले सजग रहनुहोला। काम बिग्रने डरले सताउन सक्छ। उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ। खर्चको मात्रा बढ्नेछ भने समयमा रकम हातलागी नहुँदा अप्ठ्यारोमा परिएला। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। आँटेको काम समयमा नबन्नाले दुःख पाइनेछ। भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ। मेहनत गर्दा अवसर भने पाइनेछ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। केही समयलाई वादविवादबाट टाढै रहनुहोला। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा विभिन्न अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। मंगलबार र बुधबार आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। नयाँ व्यवसाय सुरु गर्ने मौका छ। कीर्तिमानी काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। बिहीबारदेखि खर्च बढ्ने र काम रोकिने सम्भावना भए पनि सप्ताहान्तमा पारिवारिक भेटघाटले प्रसन्नता दिलाउनेछ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। विशिष्ट व्यक्तित्वको सहयोगले उत्साह जगाउनेछ। विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ। श्रमको उचित मूल्य पाइनुका मनग्य धन आर्जन हुनेछ। सप्ताहान्तमा भने खर्च बढे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

0 comments

Write Down Your Responses