१२ नेपालीको शव ल्याइँदै, नेपाल फर्कन चाहनेलाई सम्पर्क गर्न आग्रह
अफगानिस्तानको काबुलमा बम विस्फोटमा मारिएका १२ नेपालीको शव आज नेपाल ल्याइँदै छ । शव लिन नेपाल एयरलाइन्सको विमान ६ः१५ बजे काबुुल एयरपोर्ट पुगिसकेको छ । नेपालीको शव ल्याउन आवश्यक कागजपत्र तयार पार्ने काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल एयरलाइन्सको बिमान लिएर क्याप्टन सुभाष रिजाल र क्याप्टन श्रवन रिजाल कबुल पुगेका छन् । ११.३० मा नेपालीको शब काठमाडौँ ल्याइने छ ।
सोमबार बिहान ड्युटीमा जाने क्रममा मिनीबसमा भएको आत्मघाती बम आक्रमणमा परी १२ नेपालीको मृत्यु र सातजना घाइते भएका थिए । यसैबीच, युद्धग्रस्त मुलुक अफगानिस्तानमा रोजगारीका लागि गएका नेपालीलाई स्वदेश फर्किन चाहे सरकारले ल्याउने व्यवस्था मिलाएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले नेपाल फर्किन चाहेमा त्यहाँका कावा राजदूत तीर्थ अर्याललाई ९२३०४५४४१९५३ मा फोन सम्पर्क गर्न ट्विट गरेका छन् ।
साथै, परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्नसमेत भनेका छन् । ड्युटीका क्रममा हिँडिरहेका निर्दोष नेपाली आतंकवादीको ‘टार्गेट’ मा पर्न थालेपछि उनीहरूलाई स्वदेश फर्काउन सरकारलाई व्यापाक दबाब परेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार अफगानिस्तानमा हाल एक महिलासहित नौ सय २२ जना नेपाली नागरिक विभिन्न कम्पनीमा कार्यरत छन् । श्रममन्त्री दिपक बोहोराले पनि अफगानिस्तन प्रतिबन्धमा पर्न सक्ने बताइसकेका छन् ।
मासिक एकदेखि डेढ लाख रुपैयाँ कमाइने भएकाले नेपालीहरूको आकर्षक रोजगारीको थलो अफगानिस्तान बनेको छ । त्यहाँ रोजगारीका लागि जाने अधिकांश नेपाली नागरिक सुरक्षा क्षेत्रबाट अवकाश पाइसकेका छन् ।


0 comments
Write Down Your Responses