मसँग डिग्री छैन, तर देशको विकास गरेरै देखाइदिन्छु : करिश्मा

कलाकारितामा लागेर खासै छवि नबिगारेकी नायिका करिश्मा मानन्धर बाबुुराम भट्टराईको नयाँ शक्ति पार्टीमा लागेपछि चर्चासँगै विवादितसमेत बन्न पुगिन् । नयाँ शक्ति नेपाल पार्टीको औपचारिक घोषणा सभामा कार्यक्रम सञ्चालिकाका रुपमा उनको प्रस्तुति आलोचित बन्न पुग्यो । कार्यक्रम सञ्चालनका क्रममा भएका केही कमजोरीलाई लिएर सामाजिक सञ्जालमा उनको आलोचनाको विषयले ठूलो स्थान पायो ।

सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा आएका आलोचनाका कुराले करिश्मालाई हैरान पारेको छ । उनने त्यही दिनदेखि आफूूबाट गल्ती भएको, तयारीबिनै कार्यक्रम चलाउन गएको भन्दै माफी माग्दै आएकी छिन्, तर उनको आलोचना रोकिएको छैन । आफ्नो आलोचना नरोकिएपछि करिश्माले बुधारबार बिहान लामो स्टाटस पोस्ट गर्दै आफूले यो देशका लागि ठूलो योगदान गर्ने र जनताको मन जित्ने उद्घोष गरेकी छन् । उनले आफ्नो प्रतिबद्धतामा लामा लेख लेख्ने तथा सामाजिक सञ्जालमा गाली गर्नेहरुलाई विद्वान भनेर सम्बोधन गर्दै आफू रहरले राजनीतिमा नआएको उल्लेख गरेकी छिन् ।

राजनीतिक पृष्ठभूमि र चाहनाबिनै राजनीतिमा आएकी करिश्माले कलाकारकै रुपमा रेड कार्पेटमा ‘टक टक टक टक’ हिँड्ने चाहाना त्यागेर राजनीतिमा आएको बताएकी छन् । उनका बारेमा विभिन्न टिक्का टिप्पणी गरेर लेख्ऋनेहरुलाई उनले आफ्नो क्षेत्रका कमिकमजोरीलाई कत्तिको केलाउनुु भएको छ भने समेत प्रश्न गरेकी छिन् । देश बुुझेका, राजनीति पढेका र देशका लागि साच्चिकै योगदान दिन सक्ने विद्धानहरुले केवल अक्षरहरुमा मात्रै विद्वता देखाएर बसेकाले आफूजस्तो अल्पज्ञानी देशको राजनीतिमा आउनुु परेको बताएकी छिन् । उनी राजनीतिमा आउनु आफ्ना लागि अवसर भएपनि देशका लागि भने अभिशाप रहेको समेत बताएकी छिन् । उनले आज आलोचना गर्नेलाई आफूले देशका लागि गरेको योगदानका बारेमा लेख्न पनि तयार भएर बस्न आग्रह गरेकी छिन् । उनले आफूसँग डिग्रीको प्रमाणपत्र नभएपनि देशको चिन्ता सबैभन्दा माथि भएको बताएकी छिन् ।

यस्तो छ करिश्माको मिडियाकर्मी र विद्वानहरूलाई जवाफ
‘केही लेख्न मन लाग्यो…
यहाँ धेरै विद्धानहरु छन् । तर ती बर्गहरु तेति बेला सक्रिय हुन्छन् जब यहाँ कसैले गल्ती गर्छ या ऊनीहरु ले कसैको कमजोरी पत्ता लगाउछन । नयाँ शक्ति नेपाल को घोषणा सभा पनि सबै को चासो को विषय बनी रह्यो त्यस् समारोहमा म बाट केहि गल्ती कमजोरी हरु भए । अनि ममा अरु पनि धेरै कमजोरी हरु होलान् र छन मैले नजाने का अझै थुप्रै कुरा हरु होलान …

अनि,
न राजनिती मेरो पृष्ठभूमि हो
न राजनिती मेरो चासोको विषय रह्यो
न राजनिती मा सकृय रूपमा आबद्ध भएर अगाडि बढने कुनै दिन कल्पना गरेको थिए ।
र, आज पनि मेरो जीवन रहेसम्म एउटा कलाकार कै रुपमा सजिएर रेड कार्पेट मा टक टक टक टक हिड्न चाहान्थे होला र बिहान को चिया को चुस्की सङ्गै अनलाइन र पत्रपत्रिका मा आफ्ना फोटोहरु हेर्न चाहान्थे होला त्यही मैले जानेको र चाहेको चिज थियो ।
मलाई कस्ले राजनिती मा ल्यायो ?
म किन राजनिती मा आए ?
ती मानिसहरु जस्को जिम्मा मा राजनिती थियोे उनिहरु ले के गरे ?

अनि अर्को एउटा समूह जो विद्धान छन ती विद्धानहरु जो लामा लामा लेख लेखेर आफ्ना बिज्ञता दर्शाउछन र यहाँका हरेक क्षेत्रका कुना कुनाका हिसाब किताब राखेर बसेका छन् । उनीहरुलाई देश कसरी डुबेको भन्ने पनि थाहा छ अनि देश लाई कसरी उतार्ने भन्ने पनि थाहा छ, तर उनीहरु गर्छन् के भने यसैगरि पत्रपत्रिका मा आफ्ना ज्ञानका भण्डार ओकाल्छन् र फेसबुक र टुईटर मा पण्डित्याई गर्छन अनि देश उस्ता को उस्तै ।

म भन्न चाहान्छु तपाई हरु जस्तो ज्ञान भएका विद्धानहरु राजनीति मा आईदिनु भएको भए यो देश उहिल्यै बनी सक्थ्यो । र करिश्मा मानन्धर जस्तो अल्पज्ञानीहरुले देश बनाउछु भनेर अघि सर्नु पर्दैन थियो । यो मेरो लागि सौभाग्य भए पनि यो देश को लागि दुरभाग्य हो ।

पर्खी रहनु होस्, लामा लामा लेख लेख्दै गर्नोस्, गालीगलौजले सामाजिक सञ्जालका भित्ता रङ्गाउदै गर्नोस् । कुनै दिन जनता को मन र मत जितेर यो देश को बिकासमा ठुलो योगदान दिनेछु त्यो दिन धेरै टाढा छैन । र त्यो दिन के भनेर उडाउने के भनेर आलोचना गर्ने तयारी आजैबाट सुरु गर्नु होला । मेरो जीवन काल मा धेरै डिग्री भएका मनिस भेटेको छु यस्ता मानिसको न देश मा कमि छ न बिदेश मा । कसै कसै सङ्ग त ट्रिपल डिग्री पनि छ । तर माफ गर्नु होला त्यस्को फाईदा को शब्द यो समाज ले चाख्न पाएन । म सङ्ग तपाईहरुसंग भएको डिग्री त छैन होला तर तपाई हरु सङ्ग म सित भए जस्तो देश को फिक्री छैन ।’

0 comments

Write Down Your Responses