हेर्नुहोस यस साताको रसिफल (असार १९—२५, २०७३)

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा विभिन्न अवसर जुट्नुका साथै कर्मप्राप्ति हुने योग छ। आफ्ना आवश्यकता पूरा गर्न सकिनेछ। मंगलबारदेखि साइनो गाँस्नेहरूले दुःख दिनेछन्। परिस्थितिको बन्धनमा परिने समय छ। हिम्मतले काम लिँदा पछिलाई फाइदा हुनेछ। बिहीबारपछि स्थितिमा सुधार आउनाले कामका बाधाहरू स्वतः हट्नेछन्। रचनात्मक काम गरेर प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ भने टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। आर्थिक पक्ष सबल बन्नुका साथै विविध भौतिक साधन जुटाउन सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही अवसर प्राप्त भए पनि विवादले अप्ठ्यारोमा पार्न सक्छ। कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मंगलबारदेखि स्थितिमा सुधार आउlला। केही लक्ष्य प्राप्त गर्न सकिनेछ। जुझारु कार्यशैलीले काम सम्पादन हुनेछन्। धेरैले आफ्ना कामको प्रशंसा गर्नेछन् । पढाइलेखाइमा पनि सामान्यतया प्रगति नै हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सप्ताहान्तमा साइनो गाँस्नेहरूले धोका दिन सक्छन्। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा फाइदा हुनेछ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्न सकिनेछ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। मंगलबारपछि विवादमा परिने योग भएकाले बोली-व्यवहारमा सजग रहनुहोला। अरूको बहकाउमा परिनाले काम बिग्रने सम्भावना छ। भौतिक साधनको कमीले पनि अप्ठ्यारो पर्न सक्छ। विहीबारपछि मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूको माध्यमले महत्वपूर्ण काम बन्न सक्छ। साइनो गाँस्नेहरूबाट भने सजग रहनुहोला।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मंगलबारपछि परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। तर अवसरले पछ्याए पनि व्यवहारले पछि पार्न सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा बाधा होला। बलजफ्ती गर्दा थप समस्या आउन सक्छ। सप्ताहान्तमा मान र विद्या प्राप्त हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन पनि कसिन सक्छ। प्रशस्त धनलाभ हुनेछ। तर्कशक्ति बढ्नेछ भने काममा पनि उत्साहजनक सफलता मिल्नेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विशेष अवसरका साथै मनग्य आम्दानी हातलागी हुने समय छ। पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्ने मौका छ। पहिलेका कामबाट राम्रै उपलब्धि हातपार्ने समय छ। तर, मंगलबारदेखि केही अनियन्त्रित खर्च पनि हुनेछ। अर्थ अभावले काम समेत रोकिन सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध विस्तार गर्न सकिनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। सप्ताहान्तमा विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ। तर्कले मात्र काम पूरा नहुन सक्छ, व्यवहार सहज बनाउने प्रयत्न गर्नुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। आयस्रोत बढ्नुका साथै धन संग्रह हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सप्ताहान्तमा फजुल खर्च समेत बढ्नेछ भने समयमा होसियार नबन्दा काममा अवरोध हुन सक्छ। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ। केही नोक्सानी देखिए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुरुमा अस्वस्थताका बीच कामको जिम्मेवारी बढ्न सक्छ। काममा बाधा र केही चुनौती पनि देखिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। मंगलबारपछि रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू पनि प्रशस्तै फेला पर्नेछन्। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। साथीभाइले सुखदुःखमा राम्रो साथ दिनेछन्। अर्थ उपार्जन पनि राम्रै हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा बाधा पुर्याउनेहरू सक्रिय रहनेछन्। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। नियमित काममा बाधा पुग्न सक्छ। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम गरेर पनि जस नपाइनाले मन खिन्न रहनेछ। अरूका लागि समय खर्चनुपर्ला। मंगलबारपछि स्थितिमा सुधार आउनेछ भने विहीबारपछि पहिले गुमेको स्थान प्राप्त हुन सक्छ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै काममा सहयोगीहरू जुट्नेछन्। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यजनसँगको भेटघाटले सुरुआत रमाइलो रहनेछ। लगनशीलताले राम्रै फाइदा दिलाउनेछ। तर अर्थ उपार्जन राम्रै भए पनि आकस्मिक खर्च बढ्न सक्छ। मंगलबारपछि विरोधीहरू बढ्नाले काममा चुनौती देखापर्न सक्छ। नजिकका साथीभाइ टाढिनाले पनि अप्ठ्यारो पर्ने देखिन्छ। स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। अर्थ अभावले पनि आँटेको काम स्थगित हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ काम प्रारम्भ हुन सक्छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धामा उत्रनुपरे पनि हिम्मतले काम लिँदा लाभ मिल्नेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ भने पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। अरूको मन जितेर अवसर हात पार्न सकिनेछ। विहीबारदेखि यात्रा खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ। झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ। लामो समय अरूका काममा बित्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
समयमा आँट गर्न नसक्दा काममा केही चुनौती देखा पर्नेछन्। पठनपाठनमा त्यति ध्यान दिन नसकिएला। स्वास्थ्यमा समस्या देखिन सक्छ। मंगलबारदेखि स्थिति अनुकूल बन्नुका साथै प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापारमा फाइदा होला। काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ। रोकिएका धेरै काम बन्नेछन्। मेहनतले आम्दानीको दिगो स्रोत जुटाउन सफल भइनेछ। मनपर्ने साथी फेला पार्न सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। बेसुरमा वचन दिने बानीले काममा समस्या उत्पन्न गर्न सक्छ। पेटको खराबीले पनि सताउला। पढाइलेखाइमा ध्यान दिन नसकिएला। तापनि पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ। प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला। स्वास्थ्यमा कमजोरी र काममा बाधा पुग्ने देखिन्छ। बिहीबारपछि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। विदेशयात्राको अवसर पनि जुट्नेछ।
स्रोत ;नेपाली पात्रो

0 comments

Write Down Your Responses