बाबुराम भट्टराईको निधन !!!!!
बुटवलमा लामो समयदेखि सक्रिय पत्रकारिता गरेका भट्टराईलाई गएराती हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
अघिल्लो दिनसम्म लेखनकार्यमै पत्रकार पण्डित सक्रिय थिए।
२००७ साल असार १५ गते अर्घाखाचीको खिदिममा जन्मेका पण्डित हालभने बुटवल १४ तामनगरमा बस्दै आएका थिए ।
उनका दुई छोरा र दुई छोरी र श्रीमती छन् । पण्डित भट्टराईले बुटवलमा दैनिक लुम्बिनी , जनसंघर्षमा सम्पादक ,नयाँ सत्ता र सैनामैना दैनिकको प्रधान सम्पादक भई काम गरेका थिए ।
उनको आजै देवघाटमा दाहसस्कार गरिने भएको छ ।
स्रोत ;साझा पेज


0 comments
Write Down Your Responses