पाँचथरमा तास खेल्दा विवाद भएपछि खुकुरी प्रहारबाट हत्या

कृष्ण ओझा

पाँचथर, ४ साउन । फिदिम नगरपालिका २ ओदिन का ४९ बर्षीय देवराज ईवालाई तासको झोकमा सोहि ठाउका १९ बर्षीय मनोज तूम्बापोले खुकुरी प्रहार गरी हत्या गरेका छन् ।



छिमेकीहरुले भनेका छन्- ‘साउन ४ गते राति १ बजे जय तूम्बापोको घरमा मरुमराउ भएको क्रियापूत्री रुङने क्रममा देवराबीच तासमा बिबाद भएका कारण ठूलो रुप लिन पूगेको हो ।’

घाइते देवराजको उपचारतर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनामा अन्य घाइतेहरु मृतकका छोरा आईन्द्र ईवा, छोरी साबित्रीको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । फरार रहेका मनोज तूम्बापोलाई प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।

0 comments

Write Down Your Responses