यो पढेपछि आखा नरसाउने मानिस सायदैम कमै होलान !!!!!!!!!!! सात वर्षको थिएँ । भाइ तीन वर्षको र दाइ १० वर्षको । हामीले घरको माथिल्लो तलाबाट हेरेका थियौं । पछि झ्यालबाट पर देख्यौं, आमाको शवलाई लैजाँदै गरेको ।
त्यस्का बाजे, पानी त कति मीठो रैछ । यो बान्द्रेलाई लात्ताले हानेर बारीको पाटामा पुर्याइदिन्छु । मुइयाँ आकी छैन यहाँ, कहाँ गई ?’ माग्नेबूढाले यस्तै भइपरी संवाद बोले ।
‘एउटा डायलग बोलिदिनु न,’ बच्चाहरुको ढिपी थियो । उनीहरुमध्ये कसैले माग्नेबूढाको हात समाए । कोही अगाडि उभिएर एक टकले हेरे, माग्नेबूढा नै हो भन्ने नपत्याएर । अनि, पक्का गर्न जिद्धी गर्न थाले— एउटा डायलग बोलिदिनु न ।
माग्नेबूढा भन्छन्, ‘माग्नेबूढाको गेटअपमा छैन भने बच्चाहरुले देख्दाबित्तिकै त चिन्दैनन् मलाई, एकछिन हेर्न पाए भने चिन्छन् ।’
माग्नेबूढा एक आइएनजिओको कार्यक्रमको सिलसिलामा बझाङ जाँदै थिए, गाडीमा । डोटी नपुग्दै सडकछेउमा पानी पिउँदै थिए । भित्तामा पानीको सानो मूल थियो, पातले धारो बनाएर खानुपर्ने । पानी खाएर केहीबेर बस्दा एउटा बच्चाले माग्नेबूढालाई चिनिहाले । त्यसपछि बत्तीमा पुतली झुम्मिएझैं एक–एक गरी २०–२५ बच्चाहरु जम्मा भइहाले, यो ०७० तिरको कुरा हो ।
माग्नेबूढा अर्थात् केदार घिमिरे, लोकप्रिय कलाकार । माग्नेबूढाको चरित्रलाई युवायुवती, बूढापाकादेखि टिभी हेर्ने बच्चा–बच्चाले चिन्छन् । अहिले उनी बिरामी भएर तंग्रँदै छन् । घरमै आराम गरिरहेका बेला उनले आफ्नो स्कुले जीवन सम्झिए ।
म सात वर्षको थिएँ । भाइ तीन वर्षको र दाइ १० वर्षको । हामीले घरको माथिल्लो तलाबाट हेरेका थियौं । पछि झ्यालबाट पर देख्यौं, आमाको शवलाई लैजाँदै गरेको ।
आमाको शव लैजाँदै गर्दा
सात वर्षको हुँदा केदारले आमा गुमाएका हुन् । उनकी आमालाई पेटको रोग थियो । आमालाई लामो समय काठमाडौंको हस्पिटलमा राखेर उपचार भयो, तर निको लागेन । ‘आमा लामो समय हस्पिटल बसेर कहिलेकाहीँ घर फर्कनुहुन्थ्यो, अनि मलाई चिनिस् भनेर सोध्नुहुन्थ्यो,’ केदार सम्झन्छन्, ‘मलाई अझै याद छ, आमा खस्ने दिन हामी छोराहरुलाई खोज्नुभएको थियो । अर्धचेतजस्तो हुनुहुन्थ्यो । कान्छो खोइ, माइलो खोइ, जेठो खोइ भनेर सोध्नुभएको थियो । वरपरका मान्छेले आमाको हात समाएर यो माइलो, यो कान्छो भनेर हातले छुवाइदिएका थिए ।’
केदारका तीन दाजुभाइ हुन् । आमा खस्दा सबै सानै थिए । उनीहरुलाई आमाको शव हेर्न दिइएन, ढाँटियो, झुक्काइयो, केटाकेटी नै छन् भनेर । केदार भन्छन्, ‘म सात वर्षको थिएँ । भाइ तीन वर्षको र दाइ १० वर्षको । हामीले घरको माथिल्लो तलाबाट हेरेका थियौं । पछि झ्यालबाट पर देख्यौं, आमाको शवलाई लैजाँदै गरेको ।’
पहिलोपटक चप्पल लगाउँदा
केदार मकवानपुरको ठिंगनमा जन्मेका हुन् । सानोमा उनी चप्पल नलगाई हिँड्थें । पहिलोपटक चप्पल लगाएको याद छ उनलाई । ‘दुई–तीन कक्षा पढ्दा पहिलोपटक बुवाले हात्तीछाप चप्पल ल्याइदिनुभएको थियो, दाइलाई र मलाई । चप्पल लगाएर कुदेको थिएँ— काँडा, ढुंगा केही नभनेर । चप्पलभरि कटुसको काँडा बिझेको थियो,’ केदार भन्छन्, ‘अनि दाइ र मैले चप्पलमा बिझेको काँडा निकालेर गनेका थियौं । त्यो चप्पल छिन्थ्यो, कपडाले बाँधेर लगाउँथ्यौं ।’
केदारको पुख्र्यौैली थलो ललितपुर प्युटार हो । भारतमा नोकरी गरेर केदारका बुवाले केही पैसा कमाएर मकवानपुर बसाइँ सरे, त्यहाँ खानपुग्ने जमिन किनेका थिए ।
पढ ! पढ !! पढ !!!
घरनजिकै स्कुल थियो, कालीदेवी प्रावि । लामो टहरो थियो, एउटै कोठाको । त्यसको एक–एक कुनामा फरक–फरक कक्षालाई पढाइन्थ्यो, विद्यार्थी निकै कम हुन्थे । त्यहाँ पढाउने शिक्षक बाहिरी जिल्लाका थिए । केदारका बुवाले एउटा शिक्षकलाई आफ्नो घरमा डेरा दिएका थिए । ‘शिक्षकले हाम्रो आँटो–ढिँडो खानुहुन्थ्यो, अनि बदलामा हामीलाई पढाउनुहुन्थ्यो,’ केदार भन्छन्, ‘छोराहरुले पढून् भनेरै बुवाले शिक्षकलाई हाम्रो घरमा राख्नुहुन्थ्यो । तर, शिक्षकहरुको पढाउने काइदा एउटै थियो । लामो टहरोभित्र कक्षा–कक्षाको समूह हुन्थ्यो । शिक्षक हातमा लौरो लिएर डुल्दै हिँड्थे र भन्थे— पढ, पढ, पढ ।’
त्यो स्कुलमा केदार चारसम्म पढे । चारमा फस्र्ट भएपछि उनी एकैचोटि ६ कक्षामा भर्ना हुन पाए । ६ पढ्न उनी कान्तिदेवी स्कुल गए, जुन घरदेखि दुई घन्टा पैदल हिँड्नुपथ्र्यो । यी कुरा ०४६ सालअघिका हुन्, केदार ०३२ सालका हुन् ।
‘पञ्चायतविरुद्धको आन्दोलन चरमबिन्दुमा पुगेपछि शिक्षकहरुले राजीनामा दिन थाले, त्यसपछि हाम्रो पढाइमा बाधा आयो,’ केदार भन्छन्, ‘अनि, बुवाले दाइ र मलाई ललितपुर भट्टेडाँडा छात्रवासमा राखेर पढाउनुभयो, महाकालीदेवी माविमा ।’
एक दिन केदारलाई पैसा कमाउन मन भयो । नजिकै एउटा भवन बन्दै थियो, त्यहाँ बालुवा बोक्ने काम पाइन्थ्यो । तल खोलाबाट ल्याएको एक ढ्वाङ बालुवाको ४ रुपैयाँ आउँँथ्यो । केदारले बालुवा बोकेर ५० रुपैयाँ कमाए । जिन्दगीमा मस्तीले बिस्कुट खाउँ भन्ने भयो ।
उपद्रो : मट्टीतेल मिसिएको चामल बेचे
भट्टेडाँडा उनको मावलीगाउँ हो । केदारले सात कक्षादेखि भट्टेडाँडा छात्रवास बसेर पढ्न थाले । छात्रवासमा चार–पाँचजना मिलेर बस्नुपथ्र्यो, पालैपालो पकाएर खानुपथ्र्यो । सबैले घरबाट चामल, गुन्द्रुक ल्याएका हुन्थे । एक साँझ एकजना साथीले कसो–कसो चामलमाथि मट्टीतेल घोप्ट्याउनपुग्यो । चामल खानै नहुने भयो । केदारले त्यो चामल लगेर पसलमा बेचे, त्यतिबेला पसलमा चामल बिक्थ्यो । केदारले चामल बेचेको पैसाले चियापसलमा बसेर एक रुपैयाँको चिया र एक रुपैयाँको सुपर बिस्कुट खाँदै थिए । कसैले उनलाई कानमा समातेर उठायो । उनले चामल बेचेको पसल ढकलबहादुर दुलाल भन्नेको थियो, उनी शिक्षक थिए ।
पछि ती शिक्षकले थाहा पाए, चामलमा मट्टीतेल मिसिएको । उनी केदारलाई खोज्दै आएका थिए । केदार भन्छन्, ‘मैले सबै सत्य बताएँ । उहाँले केही गर्नुभएन । यति भन्नुभयो— चामल फिर्ता लैजा, पछि पैसा ल्याएर दिनू ।’
एक दर्जन बिस्कुट खाने रहर
एकचोटि बुवाले घरबाट त्यस्तै सय रुपैयाँ पठाएका थिए, त्यो पैसा केदारलाई नभनी दाइले चलाएछन् । ‘दाइले ५० रुपैयाँ भ्रष्टाचार गर्नुभएछ, त्यो पनि चापागाउँमा गएर फोटो खिच्नुभएछ,’ केदार भन्छन्, ‘यो दाइले ठूलै जोखिम मोल्नुभएको थियो । किनभने, हामीले ५० रुपैयाँ खर्च गर्न त सोच्नै सक्दैनथ्यौं ।’
एक दिन केदारलाई पैसा कमाउन मन भयो । नजिकै एउटा भवन बन्दै थियो, त्यहाँ बालुवा बोक्ने काम पाइन्थ्यो । तल खोलाबाट ल्याएको एक ढ्वाङ बालुवाको ४ रुपैयाँ आउँँथ्यो । केदारले बालुवा बोकेर ५० रुपैयाँ कमाए, जीवनमा पहिलोपटक । त्यो पैसा के गर्ने ? उनलाई पैसा कसरी र केमा खर्च गर्ने भन्ने पनि थाहा थिएन । उनले त्यो पैसाले एक दर्जन ग्ल्युकोज बिस्कुट किने, गोटाको चार रुपैयाँ पथ्र्यो ।
केदार भन्छन्, ‘जिन्दगीमा मस्तीले बिस्कुट खाउँ भन्ने भयो । घर जानुपर्ने थियो, बिस्कुट खाँदै घर आएँ । छात्रावासबाट हिँडेर घर पुग्न आठ घन्टा लाग्थ्यो । घर पुग्दा तीनवटा बिस्कुट बाँकी थियो ।’
‘कवि भएर बिग्रिएँ’
छात्रावास बस्दा केदार एकाएक कवि भएर स्कुलमा चम्किए । प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्थ्यो, उनी कविता प्रतियोगितामा भाग लिन्थे र प्रथम हुन्थे । ‘प्रथम त मेरो ठेक्कैजस्तो थियो । म नै प्रथम हुन्छु भनेपछि कतिले भागै लिन डराउँथें । म कहिलेकाहीँ शुक्रबार घर गएर शनिबार फर्कन्थें । कतिले मलाई घुमाएर सोध्थे, यसपालि घर जाने हो कि होइन भनेर । म घर जाने भएपछि मात्रै कतिले भाग लिन्थे,’ केदार भन्छन्, ‘सबैले साहित्यकार भनेर फुर्काउँथे । यसले गर्दा म अलि बढी मात्तिएछु पनि । मेरो पढाइ बिग्रँदै गयो । मेरो मन कवि हुनुमै गयो । ती कविता अहिले याद छैन । एउटा लाली गुराँस नामक कापीमा राखेको थिएँ, त्यो कापी पनि अहिले छैन ।’
छात्रावास बस्दा केदार तास पनि खेल्थे, खोलाको किनारतिर गएर । केदार भन्छन्, ‘पैसामै खेल्थ्यौं, सुकामा हिसाब हुन्थ्यो । आज एक सय २५ सुका तिर्न छ है भन्थ्यौं । भोलि ९० सुकामा झथ्र्यो ।’
यसरी नै उनी नौ कक्षामा फेल भए । त्यसपछि उनलाई त्यहाँ पढ्न लाज लाग्यो र स्कुल परिवर्तन गरे, मकवानपुरकै वंशगोपाल मावि, यो स्कुल घरदेखि ८–१० घन्टा पैदल दूरीमा थियो, केदार डेरामा बस्थे । यही स्कुलबाट एसएलसी दिए, तर फेल भए ।
केदार परिवारका सबैलाई चप्पल किन्न बजार जाँदै थिए । गर्मी याम, गर्मी ठाउँ, खालि खुट्टा हिँड्दै थिए, बगरले खुट्टा पोलिरहेको थियो । बजार पुग्दा उनले गीत बजेको सुने— यस्तै रहेछ यहाँको चलन… ।
यस्तै रहेछ यहाँको चलन…
केदारले एसएलसी दिएर बसेका थिए । हिउँदे धानको रोपाइँ थियो । केदारको सबै परिवार रोपाइँमा गएको थियो । यता, घरमा आगलागी भयो । परिवारका सदस्यको हरको कपडा बाहेक केही रहेन । ‘रोपाइँमा जाँदा चप्पल पनि नलगाई गएका थियौं, घरमै थियो,’ केदार भन्छन्, ‘हेर्दाहेर्दै सबै सखाप भयो । केही दिन त गाउँलेसँग मागेरै खाने दिन आए, रियल माग्ने त्यहाँ भइयो ।’
भोलिपल्ट दिउँसो सरसापट गरेर केदार परिवारका सबैलाई चप्पल बजार जाँदै थिए । गर्मी याम, गर्मी ठाउँ, खालि खुट्टा हिँड्दै थिए, बगरले खुट्टा पोलिरहेको थियो । बजार पुग्दा उनले गीत बजेको सुने— यस्तै रहेछ यहाँको चलन… । उनलाई यो गीत आफ्नै लागि लेखेजस्तो लाग्यो । केदार भन्छन्, ‘अहिले पनि कतै यो गीत बजेको सुन्दा मलाई त्यही दिनको याद आउँछ— हाफ पाइन्ट र गन्जी मात्रै लगाएर खाली खुट्टा हिँडेको ।’
पहिलो वर्ष फेल, दोस्रो वर्ष २४ दिन पढेर पास
पहिलो वर्ष एसएलसी फेल भएपछि केदारले बाबुलाई सघाउने र पैसा कमाउने सोचे । उनका बुवाले सडक पिचका लागि थोरै–थोरै भाग ठेक्कामा लिने गर्थे । जुन प्रमुख ठेकदारसँग उनका बुवाले काम गर्ने गर्थे, उसको साँफेबगर भन्ने ठाउँमा ठेक्का परेको थियो । बुवालाई केदारको साथ चाहिएको थियो, उनका बुवा हिसाब–किताबमा अलि अलमलमा पर्थे । केदार केही दिन बुवालाई सघाउन पनि हिँडे ।
केदारका काका काठमाडौं बस्थे । कामकै सिलसिलामा काठमाडौं आएका बेला काकाले केदारलाई पढाइ अघि बढाउन भने । एसएलसी पनि पास नभए त हिसाब–किताब र व्यवहारमा बाबुकै हालत हुने बताएपछि केदारले पढ्ने भए ।
केदार भन्छन्, ‘एसएलसीको फर्म त भरेको रैछु । तर, पढ्ने समय धेरै थिएन, जम्मा २४ दिन बाँकी थियो, परीक्षा केन्द्र हेटौंडा परेको थियो । मैले यो बीचमा काठमाडौं काकाकहाँ बसेर परीक्षाको तयारी गरेँ । परीक्षा दिएर पास पनि भएँ ।’


0 comments
Write Down Your Responses