रेखा मुख छोपेर किन पुगिन् काठमाडौं जिल्ला अदालत ?हेर्नुहोस पुरा समाचार

सिनेमाको पर्दामा ‘…बट स्लोली, स्लोली’ भन्दै कामुक डान्समा लट्याउने हिरोइन रेखा थापा आइतबार जिल्ला अदालत, काठमाडौंमा ‘स्लोली’ अर्थात् बिस्तारै होइन मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन् र त्यसैगरी निस्किइन् । यसरी उनी हतारिएर छिर्नुपर्ने र मुखमा मास्क लगाएरै हिँड्नुपर्ने कारक रहेछन्, ५५ वर्षीय पूर्वपति छविराज ओझा । ३४ वर्षीया रेखाभन्दा झण्डै ५ वर्षले कान्छी हिरोइन शिल्पा पोखरेलसँग विवाह गर्न रेखासँगको सम्बन्धविच्छेद बाधक बनिदिँदा रेखाले आइतबार हतारिनुपरेको हो । आज सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न कतार जाने हतारमा रहेकी रेखाले भनिन्, ‘मलाई त जानै मन एिन । बोलाएको बोलायै ग-यो, अनि गइदिएँ…।’ जनआस्था साप्ताहिकले समाचार छापेको छ । रेखा र छविवीचको लेनादेना चार वषअघि नै टुङ्गिएको । सिउँदोमा सिन्दुर हालेर घर नभित्र्या पनि रेखा करिब दस वर्षका लागि छविकी भइन् । तर कुरा मिल्न अलग्गिए । छवि गौरीघाटको पुरानै घरमा र रेखा चाबहिलस्थित अम्बे अपार्टमेन्टको पाँचौ तलमा सरिन् । त्यहाँदेखि रेखालाई छविको र छविलाई रेखाको मतलब थिएन ।

तर, शुक्रबार साँझ तविले फोनमा भने, ‘पर्सि अदालतमा आइज है काली ।’ रेखाले किन भनेर सोधिन् । छविले ‘मैले डिभोर्सको सबै डकुमेन्ट तयार पारिसकेँ तैँले साइन गरेर ल्याप्चे हान्ने मात्रै हो । जसरी पनि आइज ।’ रेखाले भनिन्, ‘मेरो साइन तिमी नै गरिदेउ, ल्याप्चे पनि तिमीले नै हानिदेउ न, म होइन भन्दिनँ क्यारे ।’ छविले मानेनन्, ‘त्यस्तो खेलाँची गरेर हुँदैन, तैँ चाहन्छि ।’ रेखाले जान नचाहेर भाउ खोजिरहेकी थिइन् । भनिन्, ‘मलाई ल्याप्चे हान्न पनि तिमीले सिकायौ । अब त मैले ल्याप्चे हान्न बिर्सिसकेँ ।’

बल्ल छविले भेद खोले, ‘मलाई पनि तेरो डिभोर्स चाहिएको थिएन, तर त्यसले मानिन क्या । त्यसलाई मात्रै त मनान सक्थेँ होला, उसको परिवारले पहिला रेखासँग डिभोर्सको कागज ल्याउनुस् भनेका छन् । त्यसैले प्लिज आइदे न ।’ ‘यसरी कर गरेपछि मात्रै गएको’, रेखाले भनिन्, ‘जे गरे पनि म डिभोर्स मुद्दा हाल्ने थिइनँ ।’

0 comments

Write Down Your Responses