सफलता, उन्नति र वैवाहिक जीवनमा खुसी चाहनुहुन्छ? श्रावण महिनामा के गर्नु पर्छ, के गर्न हुँदैन? मन्त्र सहित

हिन्दुधर्ममा विश्वास गर्नेले ‘श्रावण’ महिना भगवान शिवलाई पुजा आरधान गर्ने शुभ महिनाको रुपमा लिने गर्छन्। यो महिना अधिकांस हिन्दुधर्मावलम्वी चोखो खाने अनि व्रत बस्ने गर्दछन्। श्रावण सोमबार व्रत’ को नामले समेत पुकारिने हुँदा विशेष गरि सोमबार शिवको व्रत बस्ने चलन छ। साथै गौरीको लागि मंगलबार पनि व्रत बस्ने गरिन्छ।

वेद

वेद तथा पुराणमा उल्लेख भएअनुसार श्रावण महिना सफलता, विवाह र सम्पन्नताको लागि शिवको व्रत बस्ने महिना हो। शिवलाई तन्त्रको भगवान पनि भनिने हुँदा कतिपय शिव भक्त तन्त्र मन्त्र सहित व्रत बस्ने गर्छन्।

श्रावण महिना

नाग पञ्चमी, गुरु पूर्णिमा, गोरखकाली पूजा लगायतका शुभ दिन तथा चाड पनि यसै महिनामा पर्दछन्। यो महिना शिवले आफ्नो गल्तिको पश्चाताप गर्ने भक्तलाई वरदान दिने, सफलताको लागि आशिर्वाद माग्न सकिने र नकारात्मक शक्तिबाट बच्न सकिने महिना हो।

श्रावण महिनामा के गर्दा लाभ हुन्छ?

हिन्दु धर्मका विभिन्न ग्रन्थको अनुसार यी काम गर्दा र नगर्दा श्रावण महिनामा अत्याधिक लाभ लिन सकिन्छ।

सबेरै पुजापाठ
व्यक्तिलाई सूर्य उदाउनु भन्दा अघि नै उठ्न बताइएको छ। स्नान पश्चात नजिकैको शिव मन्दिर गई जल र दुध शिवलिङ्गमा चढाइ उच्चारण गर्नु, ‘ॐ नम: शिवाय’

शिवलिङ्ग

घरैमा शिवलिङ्ग ल्याएर पुजा गर्न सकिन्छ। श्रावण महिना भरी शिवलिङ्गलाई दैनिक जल र दुधले पखाल्दा शिव खुसी हुने विश्वास गरिन्छ।

माछालाई आहार
नियमित नजिकैको तलाउ, वा नदीमा गई जलचर प्राणीलाई आहार दिनुस्। माछालाई आहार दिदै शिवको स्तुती गाउँदा आर्थिक व्यवधान नआउने विश्वास गरिन्छ।

महामृत्युन्जय

स्वास्थ्य समस्या निवारणको लागि दैनिक १०८ पटक महामृत्युन्जय जप गर्नुस्। व्यवस्था गर्न सके श्रावणको सोमबार महामृत्युन्जय हवन गर्न सकिन्छ।

ढिलो विवाह
विवाह गर्न ढिला हुँदैछ, अवसर नै नजुटेर चिन्ता बढेको छ भने दैनिक शिवलिङ्गमा दुध चढाउनु शुभ मानिन्छ। यसो गर्दा शिव र पार्वतीको वरदान पाइने विश्वास गरिन्छ।

गाईलाई आहार
सफलताको लागि गाई तथा भैसीलाई आहार खुवाउनु शुभ मानिन्छ। अझ श्रावण महिनामा गाईलाई नियमित आहार खुवाउँदा सफलता आफ्नै काँधमा आउने विश्वास गरिन्छ।

गरिबलाई आहार
दैनिक गरिबलाई आहार, अशक्तलाई सहयोग गर्दा मन र घरमा सुख शान्ति आउँछ। आफ्नो कमाईको एक अंश दान दिन कहिल्यै छुटाउनु हुँदैन।

के गर्न हुँदैछ श्रावण महिनामा

मासु र रक्सी
श्रावण महिना मासु र रक्सी सेवनबाट टाढै रहनुस्।

सर्प
श्रावण महिनामा नाग पञ्चमी समेत पर्ने, शिवको अति नजिकको मानिने हुँदा सर्प मार्ने नगर्नुस्।

0 comments

Write Down Your Responses