आफ्नै आमाले बनाएको फिल्म किन खेलेनन अनमोल ,मुख खोले अनमोल ले नखेल्नुको रहस्य यस्तो रहेछ
अनमोल केसी अभिनेता मात्र होईन निर्माता बनिसकेका छन् ।उनलाई निर्माता राखिएको उनकी आमा सुस्मिता केसीको ब्यानर अनमोल कृयशनको तर्फबाट बनेको फिल्म ‘म त तिम्रै हुँ’ यहि साउन ७ मा रिलिज हुँदैछ । आफ्नै ब्यानरमा बनेको आमाको फिल्म किन खेलेनन् अनमोलले ? धेरैको प्रश्न थियो ।
तर सोमबार राजधानीमा आयोजित एक प्रेस मिटमा उपस्थित अनमोलले यो कुराको जवाफ फर्काए । ‘ममिको फिल्मको कथा मलाई लेखेर लेखिएको थिएन, ममिले तयार गरेको कथामा म फिट थिईन् त्यसैले खेलिन्’ अनमोलले भने, ‘म त तिम्रै हुँ’को कथा सुहाउँदो पात्रमा आकाश श्रेष्ठ नै फिट छन्, उनले न्याय गरेका छन् ।
आगामी दिनमा अनमोल कृयशनको व्यानरमा आमा सुस्मिता केसीको लगानीमा बन्ने फिल्ममा आफु खेल्न सक्ने संकेत अनमोलको थियो । सुहाउँदो स्कृप्ट आएमा खेल्न तयार छु, मेरो लागी बाबा आमा दुबै बराबर हुनुहुन्छ’, अनमोलले भने ।
मिडियामा नआउने तथा केहि महिना गुपचुप रहने समाचार बाहिरिँदै गर्दा पनि कार्यक्रममा किन भन्ने प्रश्नमा अनमोलले ‘म त तिम्रै हुँ’ आफ्नै फिल्म रहेकोले अनि केहि दिन पहिले प्रधानमन्त्रीको निमन्त्रणा हार्न नसकेर बालुवाटारमा आयोजित कार्यक्रममा उपस्थित भएको बताए ।
आफ्नै व्यानरबाट डेब्यू लिएका आकाशलाई आफ्नो प्रतिस्पर्धीको रुपमा नलिएको पनि अनमोलको भनाई थियो ।


0 comments
Write Down Your Responses