धन कमाउन विदेशीने युवाको कहाली लाग्दो पीडा (भिडियो सहित)

साच्चै भन्ने हो भने देशमै बाच्ने अवस्था आयो भने धेरै गरिव युवाको विदेश सपना हुँदैन । मनले घर छाड्न नमान्दा नमान्दै पनि धन कमाउने भोलिको भविष्य उज्यालो बनाउने सुुकिलो सपना बोकेर म’लान पसेका सबैको भाग्य चम्किलो जून झैं चम्किएको छैन् । हो तिनै छातिमा घाम बोकेर मुुग्लान पस्ने औसी बोकेर स्वदेश फर्कने युवा पुस्तालाई प्रतिबिम्बित गर्ने एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक एवम् संगीतकार तुला पर्वतको ‘फर्की आउन पाउँ आफ्नै गाउँ घरमा’ बोलको गीतको म्यूजिक भिडियोमा यो पीडा देख्न सकिन्छ । ‘प्रवास रहर होइन बाध्यता हो’ भन्ने सन्देश सहितको उक्त भिडियोलाई संगीतकार तुला स्वयम्ले निर्देशन गरेका छन् । भिडियोमा रक्षा श्रेष्ठको साथमा तुलाले अभिनय गरेका छन् । मकाउ र नेपालका दृष्य भिडियोमा देख्न सकिन्छ । लामो समयदेखि परदेशमा बस्दै आएका तुलाले तयार पारेको म्युजिक भिडियोको छायांकन उत्सव दाहाल र एन्तोनियोले गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । मिक्सिङ प्रकाश केसीले गरेका हुन् भने एरेन्ज मोहित मुनालले गरेका छन् ।

0 comments

Write Down Your Responses